सुनसरीमा दुईको मृत्यु
मङ्गलबार, ०७ असार २०७३, १८ : २१
इटहरी– सुनसरी जिल्लाको विभिन्न स्थानमा आज भएका घटनामा दुईजनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार आज बिहान इटहरी उपमहानगरपालिका–४ स्थित कचना मन्दिर नजिक घर भएका ६६ वर्षीय रामबहादुर बराईलीको खाल्डोमा डुबेर मृत्यु भएको छ ।
बिहान घरमा बाढी आएपछि बाहिर निक्लिएर हिँडेकी बराईलीको खाल्डोमा परेर निक्लन नसकेपछि त्यही मृत्यु भएको प्रहरीले जनाएको छ ।
यता इटहरी–१७ बालग्राम क्षेत्रका ५० वर्षीय भानुभक्त तिम्सिनाको घरको छतमा जमेको पानी हटाउने क्रममा करेन्ट लागेर मृत्यु भएको छ ।
छतमा जमेको पानी फाल्ने क्रममा ११ हजार भोल्टको विद्युत् तारमा अकस्मात छुन पुग्दा करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नाटक ‘सेतो धरती’ हेरेपछि पूर्वराष्ट्रपति भण्डारीले के भनिन् ?
-
अर्जेन्टिना सेमिफाइनलमा पुगेपछि अनमोल केसीले यसरी साटे खुसीयाली
-
ओमानमा पनि ड्रोन आक्रमण
-
हरियो रङमै चल्ने भयो ‘ब्लु बस’, साउन १ गते नै सेवा आरम्भ हुनेमा आशङ्का
-
सडकको भवितव्य, समाजको न्याय र सहानुभूतिको आहुति
-
राजधानीको प्यास मेटाउने सुन्दरीजलमा नै खानेपानी अभाव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण