अफगान गएका छोरालाई आमाको गुहार– ‘पैसा चाहिन्न छोरा फिर्ता आउ’
रुकुम–सोमबार अफगानिस्तानको राजधानी काबुलमा आत्मघाती बम विस्फोटमा परेर १२ जना नेपालीहरुले ज्यान गुमाए । यता रुकुम कोल गाउँकी ६२ वर्षीया धनमाया पुनमगरलाई भने चिन्ताले सताउन थालेको थियो ।
समाचार सुन्नेवित्तिकै आत्तिएकी धनमाया तब शान्तीको सास फेरिन् जब छोराले आफूलाई केही नभएको भनी फोन गरेर बताए । तर, ढिलै भएपनि आफ्नो छोरा विकास पुनले आफूलाई केही नभएको बताएपछि आमाले ढुक्कले सास फेरिन् ।
[caption id="attachment_58514" align="alignleft" width="841"] अफगानिस्तान गएको आफ्नो छोराको प्रतिक्षामा बसेकी रुकुम घेत्मा–४ की पद्मी थापा ।[/caption]तर पनि धनमायालाई बम विस्फोटको घटनाले सताउन थालेको छ । दिनदिनैको बम विस्फोटको घटनाले आफ्नो छोरालाई कतिखेर के हुने हो भन्ने चिन्ताले सताउन थालेको धनमायाले बताइन् । उनले भनिन्, ‘पहिले पनि नजाउ भन्दा मानेन, अहिले असुरक्षा बढेको छ रे, म यहीबाट भन्छु त्यहाँको पैसा चाहिन्न, छोरा घर फिर्ता आउ ।’
छोरालाई हारगुहार गरी नेपाल आउन आग्रह गरेपछि छोराले आफूलाई केही नहुने र छिटै घर फर्किने आश्वासन दिएको धनमायाले बताइन् ।
त्यस्तै घेत्मा–४ की ६८ वर्षीया पद्मी थापाले पनि आफ्नो छोराको पिरले सताईरहेको बताइन् । डेढ वर्षदेखि अफगानिस्तानमा रहेका छोरा केपी थापाको चिन्ताले सताउने गरेको आमा पद्मीले बताइन् । उनले भनिन्,– ‘यो बुढेसकालमा छोरो विदेश बसेको म हेर्न सक्दिन, जहाँ भएपनि छिटो घर फर्क ।’ आफ्नो ज्यान जोखिममा राखेर विदेशमा बस्न नहुने भन्दै पद्मी थापाले भनिन्, ‘हामीलाई पैसा चाहिन्न, छोरा भए पुग्छ ।’
उता स्यालाखदीका ६८ वर्षीय धर्मे यरीलाई पनि त्यस्तै चिन्ता र निराशा छाएको छ । दुई वर्षअघि अफगान पुगेको छोराको कुनै अत्तोपत्तो छैन । ६ महिनाअघि सम्मा सम्पर्कमै रहेपनि अहिले कुनै सम्पर्क नगरेको धर्मे यरीले बताए । कोहीले भेटाईदिए वा भेटेमा छोरालाई घर जान भनिदिन पनि धर्मेले आग्रह गरे । अफगानिस्तानमा भएको यति ठूलो घटनाले रुकुमेलीहरु चिन्तित भएका छन् । आफ्ना छोराभतिजाहरु जानी नजानी अफगानिस्तान र ईराकजस्ता देशहरुमा गएकाले आफन्तहरुलाई यतिखेर चिन्ताले सताउन थालेको छ । जतिसक्दो छिटो घर आईदिए हुन्थ्यो भन्न थालेका छन् ।
अहिले रुकुमेलीहरु पनि बेरोजगारको सामना गर्न र धेरै धन कमाउने ईच्छाले अफगानिस्तान, ईराक जस्ता गैरकानूनी देशहरुमा गएका छन् । अफगानिस्तानका लागि ईजाजत कसैले नलिएको भएता पनि रुकुमका मात्रै झण्डै डेढ सयको हाराहारीमा अफगानिस्तान पुगेका रुकुमका कमल थापाले बताए ।
पहिलेको भन्दा पछिल्लो समयमा धेरै असुरक्षा बढेकोले आफू पनि छिटै स्वदेश फर्किन लागेको थापाले बताए । अफगानिस्तानमा विदेशी सेनाहरु फर्किसकेकोले झन असुरक्षा बढेको हुँदा कुनै पनि दलालीको भरमा नपरी अफगानिस्तान नआउन थापाले बताए । सोमबार मात्र अफगानिस्तानको काबुलमा भएको आत्मघाती बम विस्फोटनमा परी १२ नेपालीसहित १४ जनाको ज्यान गएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नाटक ‘सेतो धरती’ हेरेपछि पूर्वराष्ट्रपति भण्डारीले के भनिन् ?
-
अर्जेन्टिना सेमिफाइनलमा पुगेपछि अनमोल केसीले यसरी साटे खुसीयाली
-
ओमानमा पनि ड्रोन आक्रमण
-
हरियो रङमै चल्ने भयो ‘ब्लु बस’, साउन १ गते नै सेवा आरम्भ हुनेमा आशङ्का
-
सडकको भवितव्य, समाजको न्याय र सहानुभूतिको आहुति
-
राजधानीको प्यास मेटाउने सुन्दरीजलमा नै खानेपानी अभाव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण