बालबालिकामाथि हुने यौन दुर्व्यवहार अन्त्यको माग
काठमाडौँ– मनोरञ्जनको क्षेत्रमा कार्यरत बालबालिकामाथि हुने यौन दुर्व्यहार तथा हिंसाको अन्त्यका लागि माग गरिएको छ ।
मिडिया मोबिलाइजेसन फर सस्टेनेवल डेभलपमेन्ट नामक सामाजिक संस्थाले मङ्गलबार आयोजना गरेको कार्यक्रममा सहभागी वक्ताले हिंसा न्यूनीकरणका लागि बालबालिकामैत्री नीति बनाउनुपर्नेमा जोड दिएका छन् । टेकुस्थित महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एवम् वरिष्ठ प्रहरी उपरीक्षक सर्वेन्द्र खनालले बालबालिका तथा किशोरी समाजका अत्यन्त संवेदनशील समूह भएको बताउँदै उनीहरूमाथि भइआएका गैरकानुनी कार्यलाई रोक्नुपर्ने र त्यसका लागि आफू प्रतिबद्ध रहेको बताए ।
महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयका उपसचिव डा किरण रुपाखेतीले त्यस क्षेत्रमा कार्यरत बालबालिकाका अधिकार सुरक्षित गर्न सरकारी तथा गैरसरकारी क्षेत्रमा कार्यरत सङ्घसंस्थाबीच समन्वय र सहकार्य गरी एकताबद्ध भई अगाडि बढ्नुपर्नेमा जोड दिए । नेपाल स्वतन्त्र होटल, क्यासिनो, रेस्टुराँ मजदुर युनियनका महासचिव दीपक सापकोटाले मनोरञ्जनका क्षेत्रमा विभिन्न डनले लगानी गरेको बताउँदै त्यस्ता क्षेत्रमा हुने गैरकानुनी कार्यलाई नियन्त्रण गर्न स्थानीय प्रशासनको सहयोगको अपेक्षा गरे । अधिकारकर्मी हिरा दाहालले मनोरञ्जन क्षेत्रको बदलिँदो अवस्था र सञ्चारकर्मीको भूमिकाका बारेमा बताउँदै काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा गरेको अनुसन्धानका क्रममा कलङ्की क्षेत्र अहिले यौन किनबेच गर्ने स्थलका रुपमा पाइएको बताइन् । कार्यक्रम आयोजक संस्था एवम् मिडिया मोबिलाइजेसन फर सस्टेनेवल डेभलपमेन्ट अध्यक्ष नेहा शर्माले मनोरञ्जनको क्षेत्रमा कार्यरत बालबालिका जोखिममा रहेकाले उनीहरूको अधिकारका लागि सञ्चारमाध्यमले विशेष भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागलुङ बजारका धारामा दशकौँदेखि धमिलो पानी
-
१० बजे १० समाचार : गणेश नेपालीको परिवारसँग ९ बुँदे सहमति, संविधान संशोधनमा बिच्किए पुराना दल
-
रवि–बालेन भेट : आत्मदाह घटनादेखि सुकुमबासी व्यवस्थापनबारे छलफल
-
फेरान टोरेसको पीएसजी स्थानान्तरण चर्चा
-
भाषा र संस्कृति संरक्षणमा जुट्दै तनहुँका गुरुङ समुदाय
-
कीर्तिपुरका सुकुमबासी खरिपाटीमाः गाँसको टुंगो छैन, बालबालिकाको बिजोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण