यती एयरलाइन्सले सामाजिक संस्थालाई १२ लाख २४ हजार दियो
बुधबार, ०८ असार २०७३, १३ : १४
काठमाडौ–यती एयरलाइन्सले आफ्नो कर्पोरेट सामाजिक उत्तरदायीत्व अन्र्तगत विभिन्न सामाजिक संस्थालाई १२ लाख २४ हजार ९२ रुपैयाँ सहयोग गरेको छ । एयरलाइन्सले ह्याबिट्याट फर ह्युमानिटी, द युनाइटेड मिसन टु नेपाल (यूएमएन), ब्लिंकनाउ फाउन्डेसन र वल्र्ड भिजन इन्टरनेशनललाई ३ लाख ६ हजार २३ रुपैयाँ आर्थिक सहयोग गरेको हो ।
एयरलाइन्समा यात्रा गर्दा प्रत्येक पटक यात्रीवाट सामाजिक उत्तरदायीत्वका लागि ४ रुपैयाँ योगदान गर्नुपर्ने भएकाले यात्रुले गरेको सो योगदानको रकमवाट नै अहिले सहयोग भएको एयरलाइन्सले जनाएको छ । सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गतको सहयोग वापत् एक करोड ५३ लाख ९ हजार ९ सय २० रुपैंंयाँ विभिन्न सामाजिक काम गर्ने संस्थाहरुलाई वितरण गरिसकेको जनाएको छ ।
यती ग्रुप अफ कम्पनीजले भुकम्पबाट प्रभावितहरुका लागि आफ्नै पहलमा ४० लाख उपलब्ध गराइसकेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नाटक ‘सेतो धरती’ हेरेपछि पूर्वराष्ट्रपति भण्डारीले के भनिन् ?
-
अर्जेन्टिना सेमिफाइनलमा पुगेपछि अनमोल केसीले यसरी साटे खुसीयाली
-
ओमानमा पनि ड्रोन आक्रमण
-
हरियो रङमै चल्ने भयो ‘ब्लु बस’, साउन १ गते नै सेवा आरम्भ हुनेमा आशङ्का
-
सडकको भवितव्य, समाजको न्याय र सहानुभूतिको आहुति
-
राजधानीको प्यास मेटाउने सुन्दरीजलमा नै खानेपानी अभाव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण