धुर्मुस सुन्तलीलाई बेलायतबाट बले र कक्रोजको ३ लाख १८ हजारको कोसेली
काठमाडौं – धुर्मुस सुन्तलीलाई हाँस्य टेलिश्रृंखला भद्रगोलका सागर लम्साल (बले) र हरिश निरौला (कक्रोज) ले कोसेली स्वरुप आर्थिक सहयोग संकलन गरेर ल्याइदिएका छन् ।
बेलायतको विभिन्न ठाउँमा भएको बबाल धमाका कार्यक्रम गर्न गएका उनीहरुले कार्यक्रमस्थलबाट गिरान्चौर एकिकृत बस्ती निर्माणका लागि ३ लाख १८ हजार ८ सय ४४ रुपैँया संकलन गरेर कोसेली स्वरुप ल्याइदिएका हुन् ।
सपन इन्टरटेन्मेन्टले आयोजना गरेको कार्यक्रममा उपस्थित दर्शक सामु सहयोगका लागि अपिल गरेर उक्त सहयोग जुटाइएको उनीहरुले बताएका छन् । कार्यक्रम सकेर स्वदेश फर्कने बित्तिकै उनीहरुले उक्त सहयोग रकम धुर्मुस सुन्तलीलाई हस्तान्तरण गरेका छन् ।
अल्डरसटमा भएको कार्यक्रममा ६ सय ५० युरो, निरमाया दोहोरी साँझबाट ५४ युरो, फोल्क स्टोनबाट ५४ युरो, ह्यारोबाट १ सय ५ युरो, ह्यारो बोनटोकबाट कमला र खमिर जंग गुरुङ्गले ६ सय ५ युरो र पल्मस्टिडबाट १ सय ५० युरो गरी जम्मा २ हजार १८ युरो सहयोग संकलन भएको थियो ।
भोली नै १८ दिनका लागि अष्ट्रेलीया जाने तयारीमा रहेका जीग्री, पाँडे, बले र कक्रोजले त्यहाँका विभिन्न कार्यक्रमबाट पनि गिरान्चौर एकिकृत बस्ती निर्माणका लागि सहयोग संकलन गर्ने प्रतिबद्धता जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेलायतमा ऐतिहासिक गर्मी : दुई महिनामा २७ सयभन्दा बढीको ज्यान गएको अनुमान
-
वर्षा र पहिरोको कहर: कहाँ–कहाँ ठप्प छन् देशका प्रमुख सडक ?
-
चलचित्र क्षेत्रमा रङ्गभेद : के कलाभित्र पनि विभेदको पर्खाल छ ?
-
संघीय संसद्का चार समितिको बैठक सोमबार बस्दै
-
विदेश त्यागेर गाउँमै ड्रागनखेती : चुलाचुलीका प्रविणले कमाउँछन् वार्षिक १२ लाख
-
बीमा दाबी भुक्तानीमा समस्या भए उजुरी दिन प्राधिकरणको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण