सासू बुहारीबीचको झगडापछि सासूको मृत्यु
बिहीबार, ०९ असार २०७३, १५ : ३३
लहान - सिरहाको कल्याणपुर–२ बंठीयामा गएराति सासू र बुहारीबीच झगडापश्चात् सासुको मृत्यु भएको छ ।
मृत्यु हुनेमा कल्याणपुर–२ बंठीया निवासी समुन्द्री देवी दनुवार रहेको प्रहरीले जनाएको छ ।
स्थानीय ४० वर्षीया राजुदेवी दनुवार र उहाँकी सासू ६५ वर्षीया समुन्द्रीदेवी दनुवारबीच घरायसी विषयमा झगडा भएको र झगडापछि समुन्द्रीदेवीको मृत्यु भएको स्थानीयवासीलाई उद्धत गर्दै इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरीक्षक श्यामसिंह चौधरीले जानकारी दिए ।
मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल सिरहा पठाइएको छ । घटनाबारे प्रहरीबाट अनुसन्धान भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागलुङ बजारका धारामा दशकौँदेखि धमिलो पानी
-
१० बजे १० समाचार : गणेश नेपालीको परिवारसँग ९ बुँदे सहमति, संविधान संशोधनमा बिच्किए पुराना दल
-
रवि–बालेन भेट : आत्मदाह घटनादेखि सुकुमबासी व्यवस्थापनबारे छलफल
-
फेरान टोरेसको पीएसजी स्थानान्तरण चर्चा
-
भाषा र संस्कृति संरक्षणमा जुट्दै तनहुँका गुरुङ समुदाय
-
कीर्तिपुरका सुकुमबासी खरिपाटीमाः गाँसको टुंगो छैन, बालबालिकाको बिजोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण