पढ्नुहोस्, हात र खुट्टा नभएका निकको यो अदभूत लभ स्टोरी
कोलिफोर्निया– विना हाथ र विना खुट्टाको जिन्दगी कस्तो होला ? के तपाईं यस्तो जिन्दगी विताउने कल्पना गर्न सक्नुहुन्छ ? शरीरमा केही कमी आउँदा वित्तिकै हामी अभाव महसुस गर्छौँ । तर, निक युजिकिक लाखौ मानिसलाई अगाडि बढाउने प्रेरणा दिएका छन् । उनले कहिले पनि हाथ र खुट्टाको महसुस गर्न पाएन्न्, किनभने जन्मदा नै यस्तै थियो उनको शरीर ।
निकलाई तपाईंले अ ाफ्नो युट्युवमा मोटिभेशलन स्पीकरका रुपमा देख्नु नै भएको होला । तपाईंलाई निक मन परेको पनि होला । तर, उनको नीजि जिन्दगी धेरै चाखलाग्दो छ । निक र कायने मियाहाराको गजवको प्रेम कथा इन्टरनेटमा पढ्नु भएको पनि होला । जन्मदै हात खुट्टा नभएका निकले सायदै सोचेका थिए उनलाई यस्तो साथी मिल्नेछ, जो सँग उनी जिन्दगी विताउन सकुन । निकले एउटा भिडियो अन्तर्वार्तामा यो भनेका पनि थिए ।
१० बर्षको उमेरमा उनले एक पटक आत्महत्याको कोषिश गरेका थिए । त्यसपछि भगभावनले उनको हृदयको प्रवल तरिकाले बदलेको उनले मानेका छन् । घटनापछि उनले आफुलाई राम्रो गर्दै लगे, सकरात्मक एर्पोचको हासिल गर्दै गए । भगवानले उनी मानिसको मद्धत गर्छन कि जो चाहना राख्छ र बहादुर पनि छ । निकको कुराकानी आफ्नो प्रिंसेस कायने मियाहारासँग भयो, र पहिलो भेटमा उनीहरुले एक अर्कालाई प्रेम गर्न थाले ।
कायनेले भनेकी छिन कि, निक जस्तो भएपनि म उनलाई निकै प्रेम गर्छु । निकसँग भेटनुपूर्व कायने शारीरिक सन्तुुष्टिका लागि कुनै अरु पुरुषसँग डेटिङमा जान्थिन । उनले भनेकी छिन्, ‘जव मैले निकलाई भेटे, उनीसँग मलाई चाहिने सवै पाएँ । निक व्याई फ्रेन्ड मात्र होइन, पति बन्न लायक छन् ।’
कायना र निकको कुराकानी २००८ मा भएको थियो । कायने निकको उदारताबाट प्रभावित भएकी थिइन । उनका लागि निक हैण्डसम र परफेक्ट छन् । यो जोडीले आफ्नो यस्तो अनुभव पनि सेयर गरेका छन् कि निकले नै विवाहका लागि कायनेसँग प्रस्ताव गरेका थिए । कतिपय मानिसहरुले प्रश्न गर्छन कि, निकले कसरी कायनेलाई औठी लगाइदिएका होलान ? तर, निकले भिन्दै परिचयसहित यो समस्या हल गरिदिए । निकले मुखले नै कायनेलाई औठी लगाइदिएका थिए । त्यसपछि निकले भनेका थिए, ‘बेवी, आइ लभ यू ।’, के तिमीले मसँग विवाह गर्छौ ?’ यो सुनेर कायनेको आखाबाट आसु झरेका थिए ।
कतिपय मानिसहरु यो जोडीले कसरी अन्तरंग सम्बन्ध बनाउँछन् भनेर चासो दिने गरेका छन् । निकले भनेका छन्, यसमा हामीलाई कुनै समस्या छैन । हामी धेरै नै माया गर्छौँ । कायने हल्का मुस्कुराउँदै भन्छिन्, ‘निकसँग हरेक चिज छ, जुन मलाई खाँचो छ ।’ विवाहपछि उनीहरु साउ कोलिफोर्नियास्थित आफ्नो घरमा बस्दै आएका छन् । निकले आफ्नो लेखन र मोटिभेसनल भाषणामा आफ्नो ध्यान लगाएका छन् । कायनेले घर सम्माल्ने निर्णय गरेकी छिन् । हुन त दुवैको जिन्दगीमा केही कठिनाई पनि आउँछन्, तर, पनि उनीहरु आफ्नो बलियो प्रेमबाटै यसलाई हल गर्दै आएका छन् । कायनले दुई बच्चा जन्माएपछि यो जोडी थप खुसी भएको छ ।
निक अष्ट्रेलियको मेलबर्न शहरमा जन्मेका थिए । तर, अहिले उनी अमेरिकामा बस्छन् । निक जव जन्मेका थिए, तेत्रा एमेलियाको सिंड्रोमबाट पडित भएका थिए । यो रोग निकै मानिसमा देखिन्छ । निक ३२ बर्षका भए । उनले किताव पनि लेखेका छन् । उनको बाँयातिर सानो खुट्टाजस्तो देखिने भाग छ, जसबाट उनी शरीरलाई सन्तुलन बनाउँछन् । निकले त्यही सानो भागमा कलम राखेर लेख्न पनि सक्छन् । उनी पौडिन पनि सक्छन् । स्काई ड्राइभिङ जस्तो जोखिमपूर्ण खेलमा पनि उनी रुचि मान्छन् । उनको किताव ‘लव विदआउट लिमिटस्’ हो । उनले ‘लव विदआउट लिमिटस्’ नामक एनजिओ पनि चलाउँछन् । निक विश्वमै विश्वास, प्रेरणा र कर्मठताको कथा मानिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि लामिछानेले किटान गरेका शत्रु काे–काे हुन् ?
-
यी हुन् रास्वपामा रवि लामिछानेले देखेका चुनौती
-
लामो समय लाइन बस्दा पनि उम्मेदवारी फारम नपाएपछि प्रतिनिधिहरू आक्रोशित
-
नेपाल शिक्षण संस्था सर्वेक्षण, २०८१ को नतिजा सार्वजनिक
-
पहिलोपल्ट अधिकांश पालिकामा छन् हाकिम, १८ मात्र निमित्तको भरमा
-
गृहमन्त्रीको अमलेटमा काँडा भेटिएको लर्ड्स होटललाई ३ लाख रुपैयाँ जरिबाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण