जहाँको पानी रगत जस्तै रातो छ
अन्टार्कटिका– अन्टार्कटिका जहाँ सधै बरफ जमेको हुन्छ । तर, त्यहाँ रहेको एक झरनामा भने पानीको रंग सँधै रगत जस्तो रातो हुन्छ ।
अंर्टार्कटिकाको मैक मरडोस्थित टायलेर ग्लेशियरमा यस्तो झरना छ, जहाँ बग्ने पानीको रंग रगत जस्तै हुन्छ । यो झरनाको नाम यही कारण ‘ब्लडफल’ राखिएको छ । यही ब्लडफल हेर्नका लागि प्रर्यटक पनि जान्छन् । यहाँ कोही आत्माको बासस्थान छ भन्ने विश्वास गरिएको छ, जसले मानिसलाई मार्छ र यही कारण पानीको रंग रातो हुन्छ ।
यो ग्लेशियरको खोज १९११ मा अमेरिकाका जीव वैज्ञानिक ग्रिफिथ टायलरले गरेका थिए । यो ब्लडफल पाँच तले घर जति अग्लो छ ।
वैज्ञानिक भन्छन्
तर, जीव वैज्ञानिकहरु भने यसलाई कुनै आत्माको कारणभन्दा पनि आइरन अक्साइडका कारण यस्तो भएको बताउँछन् । उनीहरुका अनुसार अनुसार ग्लेशियरमा दरार परेका कारण पानी विस्तारै विस्तारै बग्न थाल्यो र आयरन अक्साइड हावाको सम्पर्कमा आएर रातो रंग बन्यो । यहीकारण पानी रगत जस्तो देखिएको हो । उनीहरुले त्यहाँको पानीमा १७ प्रकारका सूक्ष्म जीव फेला पारेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि लामिछानेले किटान गरेका शत्रु काे–काे हुन् ?
-
यी हुन् रास्वपामा रवि लामिछानेले देखेका चुनौती
-
लामो समय लाइन बस्दा पनि उम्मेदवारी फारम नपाएपछि प्रतिनिधिहरू आक्रोशित
-
नेपाल शिक्षण संस्था सर्वेक्षण, २०८१ को नतिजा सार्वजनिक
-
पहिलोपल्ट अधिकांश पालिकामा छन् हाकिम, १८ मात्र निमित्तको भरमा
-
गृहमन्त्रीको अमलेटमा काँडा भेटिएको लर्ड्स होटललाई ३ लाख रुपैयाँ जरिबाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण