आफ्नै श्रीमती बलात्कारको अभियोगमा तीन वर्षको जेल सजाय !
ओखलढुंगा – आफ्नै श्रीमती बलात्कार गरेको अभियोगमा ओखलढुंगामा एक व्यक्ति जेल चलान भएका छन् । जिल्लाको च्यानम गाविस वडा नम्बर ८ का नारायणबहादुर वस्नेतलाई जिल्ला अदालत ओखलढुंगाले तीन बर्षको जेल सजाय र क्षतिपुर्ति बापत २५ हजार रुपैया भराउने समेतको फैसला सुनाएको हो । जिल्ला न्यायाधीश उद्धवप्रसाद भट्टराईको एकल इजलासले वस्नेतलाई यस्तो सजाय सुनाईएको हो ।
श्रीमानले मदाक पदार्थ सेवन गरी पटक आफुमाथि कुटपिट तथा जबरजस्ती गर्दै आएको भन्दै पीडकका श्रीमतीले गत बैशाख ९ गते जिल्ला अदालतमा मुद्दा दर्ता गराएकी थिइन् ।
सोहि आधारमा वस्नेतलाई गत असार ५ गते बैबाहिक बलात्कारको मुद्दामा उक्त फैसला सुनाईएको जिल्ला अदालत ओखलढुंगाले जनाएको छ ।
पिडित महिलाका अनुसार मुद्दा दर्ता गर्नुअघि पटक–पटक श्रीमानलाई प्रहरीमा ल्याउँदा समेत बानीमा कुनै सुधार नआएपछि बाध्य भएर मुद्दा दायर गरिएको थियो ।
यस किसिमको बैबाहिक बलात्कारको अभियोगमा मुद्दा दर्ता भई जेल चलान गरिएको घटना पुर्वाञ्चलमै पहिलो पटक भएको जिल्ला प्रहरी कार्यलय ओखलढुंगाका प्रमुख प्रहरी नायब उपरिक्षक दिपेन्द्र शाहले बताए।
कानुन अनुसार बैबाहिक बलात्कारको हकमा तीन बर्ष देखि ५ बर्ष सम्मको जेल सजाय हुने ब्यवस्था रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशी सरकारको बजेट ७० प्रतिशत हाराहारी खर्च
-
दुई वर्षभन्दा कम उमेरका बालबालिकालाई दिनुहुन्न यी ६ खानेकुरा
-
विश्वकपबाट बाहिरिएपछि कोलम्बियाका जामिन्टोन काम्पाजलाई ज्यान मार्ने धम्की
-
दिनहुँ १ मुठ्ठी मखाना खाँदा यी रोगबाट बच्न सकिन्छ
-
बागमती प्रदेश ‘सहयोगापेक्षी सडक आश्रित मानवमुक्त’ घोषणा
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण