मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय

५० वर्षमा पनि ३० जस्तै देखिन्छिन् वेन

मङ्गलबार, १४ असार २०७३, २० : १०
मङ्गलबार, १४ असार २०७३

बेइजिङ – दूनियाँमा यस्ता थुप्रै महिलाहरु छन् । जो वास्तविक उमेरभन्दा निकै कम देखिन्छन् । चीनको हेनान प्रान्तमा बस्ने ये वेन यस्तै महिलामध्ये एक हुन् । उनलाई देखेर कसैलाई पनि लाग्दैन कि उनको उमेर ५० वर्षको भयो । तर वास्तविकता यही नै हो । उनी झट्ट हेर्दा ३० वर्षको जस्ती देखिन्छिन् । यतिमात्रै होइन उनी दुई बच्चाकी आमा समेत हुन् ।

ये वेनका अनुसार ३० वर्षको छदाँ उनले पौडी सूरु गरेकी थिइन् । यसपछि उनी निरन्तर जिम जान थालिन् । यस वर्ष उनले स्टे«ट अफ मलक्कालाई पौडेर पार गरिन् । उनको अबको लक्ष्य दक्षिण कोरियाको हान नदि पार गर्नु हो । उनी आफ्नो राम्रो अनुहारको कारण पौडी र जिम रहेको बताउँछिन् ।

उनी दैनिक घण्टौसम्म पौडिमा व्यस्त हुन्छिन् । त्यस्तै सातामा ३ दिन दुई घण्टासम्म जिम गर्छिन् । उनका अनुसार ३० वर्षको उमेरमा उनी स्लिम थिइन् र पौडी तथा जिमले उनको शरिरलाई उस्तै राख्न सफल भइन् । उनका तस्विरहरु अहिले पहिले भन्दा पनि राम्रो देखिन्छन् । वेनको लक्ष्य ८० वर्षको उमेरसम्म पौडने हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप