मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय

जर्मन कम्पनीले बनायो शाकाहारी जुत्ता

बिहीबार, १६ असार २०७३, १७ : ४७
बिहीबार, १६ असार २०७३

काठमाडौं – जर्मनीको जुत्ता कम्पनी नाट–टुले शाकाहारीको जुत्ता लिएर आएको छ । यस जुत्तामा ९० प्रतिशत काठको प्रयोग गरिएको छ ।

जर्मनीको यस कम्पनीले विज्ञप्ती जारी गर्दै भनेको छ– ‘हामीले अर्गानिक कटनका कपडा धेरै प्रयोग गर्दै आएका छौ र यो निकै राम्रो हुन्छ । त्यसैले अहिले ल्याएको जुत्तामा पनि अर्गानिक कपडा जत्तिकै राम्रो हुने हामीले विश्वास लिएका छौ । यो निकै लचकदार र उत्कृष्ट हुन्छ । यसमा तपाईले काठको वास्ना पाउनुहुन्छ ।’

विभिन्न रुखको काठहरु मिसाएर यो जुत्ता तयार पारिएको हो । नाट–टुले यस जुत्तालाई शाकाहारी जुत्ता भन्दै प्रचार गरेको छ किनकी यसमा जनावरको छाला तथा छालाजन्य पर्दाथ मिसाइएको छैन । यसको आउटरसोल वास्तविक रबरबाट तयार पारिएको छ । कम्पनीले यसलाई बिस्तारै विदेशी बजारमा लैजाने सोच बनाएाको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप