राष्ट्रपतिले ‘लुगा फुकाल र काम गर’ भनेपछि यस्तो बबाल (फोटोफिचर)
शुक्रबार, १७ असार २०७३, १२ : १४
मिन्स्क– बेलारुसका राष्ट्रपतिको एक भनाई पछि मानिसहरु सोसल मिडियामा आफ्ना नग्न तस्बिरहरु एकपछि अर्को गरी पोष्ट गरिरहेका छन् । वास्तवमा ६१ वर्षीय एलेक्जेन्डर ल्यूकाशेंकोले देशलाई आर्थिक संकटबाट कसरी पार लगाउन सकिन्छ भन्ने विषयमा दिएको भाषणमा ‘लुगा फुकाल र पसिना नआउन्जेलसम्म काम गर’ भनेका थिए । उनको यो भनाई सार्वजनिक भएलगत्तै मानिसहरुले लुगा फुकालेर अफिसमा काम गरिरको तस्बिर सार्वजनिक गर्न थाले । यसमा थुप्रै व्यवसायिक मानिसहरुको पनि संलग्नता रहेको छ ।
उनले ‘Innovations, IT-technologies, privatisation — it is all clear. We’ve conquered all of them. But everything is very simply, one should get undressed and work' (नविनता, आइटी–प्रविधिशहरु, निजिकरण– यी सब कुरा हामीबिच स्पष्ट छ । हामीले यी सबैलाई जितिसकेका छौं । तर सबै कुरा निकै सरल छ, प्रत्येक व्यक्तिले कपडा उतार्नुपर्छ र काम गर्नुपर्छ’ । उनले यो भाषण निकै छोटो समयमा लोकल इन्टरनेटमा भाइरल भयो र मानिसहरुले उनको भनाईप्रति असन्तुष्टि जनाउन थाले ।
दर्जनौं मानिसहरुले आफूले काम गर्ने ठाउँमा नग्न तस्बिर खिचाउँदै यसलाई #getnakedandgotowork सँगै सोसल साइटमा सेयर गरे । आफूहरुले राष्ट्रपतिको भनाईलाई निकै गम्भीर भएर लागू गरेको उनीहरुको भनाई छ ।
एक प्रयोगकर्ताले लेख्छन्, ‘यी फोटोहरु निकै राम्रा देखिएका छन् । ’ त्यहिँ अर्का एक व्यक्ति लेख्छन्, ‘म एक शब्दको ताकत पूर्ण रुपले महसुस गरिरहेको छु । ’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि लामिछानेले किटान गरेका शत्रु काे–काे हुन् ?
-
यी हुन् रास्वपामा रवि लामिछानेले देखेका चुनौती
-
लामो समय लाइन बस्दा पनि उम्मेदवारी फारम नपाएपछि प्रतिनिधिहरू आक्रोशित
-
नेपाल शिक्षण संस्था सर्वेक्षण, २०८१ को नतिजा सार्वजनिक
-
पहिलोपल्ट अधिकांश पालिकामा छन् हाकिम, १८ मात्र निमित्तको भरमा
-
गृहमन्त्रीको अमलेटमा काँडा भेटिएको लर्ड्स होटललाई ३ लाख रुपैयाँ जरिबाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण