आइतबार, २८ असार २०८३
ताजा लोकप्रिय

वर्षात्का बेला सवारी चलाउन जोखिम, ट्राफिक प्रहरीको ४ सुझाव

शुक्रबार, १७ असार २०७३, १२ : ३३
शुक्रबार, १७ असार २०७३
काठमाडौं – राजधानी लगायत देशभरि वर्षात्को मौसम शुरु भएको छ । पानी परिरहेको बेला सडक चिप्लो हुने र सवारी चालकले राम्रोसँग देख्न नसक्ने हुन्छ । यस्तो बेला दुर्घटना हुनसक्छ भन्दै ट्राफिक प्रहरीले सुरक्षित रहन ४ वटा सुझावहरु दिएको छ । यस्ता छन् सुझावः - वर्षातको समयमा सवारी चलाउंदा विशेष ख्याल गर्नु पर्दछ । पानीले सडक भिजेको बेलामा आफ्नो सवारी साधन लिएर सडकमा निस्कनु अघि सवारी साधनको चेकजाँच गर्नु पर्छ र विशेषगरी वाइपर, हेडलाइट र ब्रेक ठिक हालतमा हुनुपर्छ । - सवारीको गती कम गर्ने र सवारी साधनहरुबीचको दुरी बढाउने कार्य गर्नुका साथै अन्यत्र ध्यान मोडिने कार्यहरु (जस्तैस मोवाइल फोनको प्रयोग गर्ने र ऐनामा आफ्नो अनुहार हेर्ने र मेकअप ) गर्नु हुँदैन । -  विभिन्न स्थानहरुमा सडक निर्माणको कार्य भैरहेकोले पानी जमेको ठाउँमा ख्याल गरेर मात्र सवारी चलाउनु पर्छ । - पैदलयात्रीहरुलाई पानी छिट्याउने काम सभ्यताको सुचक हुन सक्दैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप