वर्षौअघि पानीमा डुबेको चिनियाँ शहर अझै सुरक्षित (फोटोफिचर)
मङ्गलबार, २१ असार २०७३, १३ : २२
हाम्रो पुराणमा द्वारिका नगर समुन्द्रमा सम्मिलत भएको कथा छ । द्वारिका एउटा यस्तो नगर हो जुन द्वापर युगमा भगवान श्रीकृष्णको बसाई मानिन्छ । तर द्वारिका मात्र होइन, यस्तै अर्को एउटा शहर छ जुन पानीमा डुबेको छ जसको नाम शी चेंग लायन सिटी ।
यो शहर ५३ वर्ष पहिले एउटा पोखरीमा डुबेको दाबी गरिएको छ जुन त्यही तालको किनारामा बसेको थियो ।
यो सिटीलाई आफ्नो कब्जामा लिने तालको नाम इरी ताल अर्थात क्विआण्डाओ हो । यो ताललाई मानिसहरुले नै बनाएका थिए तर यही तालले मानिसहरुलाई नै बिचल्लिमा पार्यो ।
यो शहर १३ सय वर्ष पुरानो बताइएको छ जुन पानीमुनी त छ तर पूर्ण रुपमा सुरक्षित ।
पानीमा डूबेका कारण यो शहरको सबै तस्बिर क्यामरामा कैद हुन सक्दैन किनभने चारैतिर अँध्यारो फैलिएको छ ।
शहर पाँच पहाडको बिचमा बसेको बताइएको छ । स्रोतका अनुसार, बिजुली घर बनाउनका लागि यहाँ कृत्रिम पोखरी निर्माण गरिएको थियो ।
यो पोखरी अहिले धनी मानिसहरुको लागि मनोरञ्जन गर्ने स्थल भएको छ । मानिसहरु आफ्नो निजी जहाज लिएर रमाइलो गर्न यहाँ पुग्ने गर्दछन् ।
चीनियाँ सरकारले सन् १९५९ मा यो पोखरी बनाएको थियो । बिजुली घर निर्माण गर्ने उद्देश्यसहित बनाएको यो पोखरीमा न त बिजुली घर छ न त यहाँ बस्ती निर्माण गर्न सकिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि लामिछानेले किटान गरेका शत्रु काे–काे हुन् ?
-
यी हुन् रास्वपामा रवि लामिछानेले देखेका चुनौती
-
लामो समय लाइन बस्दा पनि उम्मेदवारी फारम नपाएपछि प्रतिनिधिहरू आक्रोशित
-
नेपाल शिक्षण संस्था सर्वेक्षण, २०८१ को नतिजा सार्वजनिक
-
पहिलोपल्ट अधिकांश पालिकामा छन् हाकिम, १८ मात्र निमित्तको भरमा
-
गृहमन्त्रीको अमलेटमा काँडा भेटिएको लर्ड्स होटललाई ३ लाख रुपैयाँ जरिबाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण