राष्ट्र बैंक ऐन संशोधन विधेयक पारित
काठमाडौ–व्यवस्थापिका संसदको अर्थ समितिले नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयक पारित गरेको छ । समितिको मंगलवार विहान बसेको बैठकले ऐन संसोधन विधेयकमा देखिएका विवादित कुरालाई टुंगो लगाई पारित गरेको हो । समितिले डेपुटी गभर्नर र कार्यकारी निर्देशकले सेवा निबृत्त भएपछि अन्य बैंक तथा वित्तीय सस्थामा जागिर खान पाउने व्यवस्थालाई पनि पनि पारित गरेको छ । डेपुटी गभर्नरले तीन वर्षपछि र निर्देशक र त्यसभन्दा तलबाट सेवा निबृत्त हुनेले दुई वर्षपछि अर्को बैंक तथा वित्तीय सस्थामा काम गर्न पाउने मस्यौदा उल्लेख छ । अवकास प्राप्त व्यक्तिले जागिर खान जानु अघि राष्ट्र बैंकबाट अनुमित लिनुपर्ने व्यवस्था भने गरिएको छ । ऐनको मस्यौदामा राष्ट्र बैंकमा तीन जना डेपुटी गभर्नर राख्ने संशोधन प्रस्ताव परेको भएपनि यो संशोधन प्रस्ताव भने खारेज भएको छ । त्यस्तै सभासद्ले राखेको मौद्रिक नीति समिति बनाउने प्रस्ताव पनि खारेज भएको छ । सरकारले बचत खर्च गर्ने विषयमा अंकुश लगाउन खोजेपछि ऐनको मस्यौदामा विवाद देखिएकाले समितिले त्यो विवादित खण्डनै हटाइदिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तनहुँमा झोलुङ्गे पुलबाट हाम फालेकी किशोरीको सकुशल उद्धार
-
केन्द्रीय बैंकद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान
-
ऊर्जा उद्यमीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन
-
‘बालविवाह गरेका तीनजनालाई भेट्दा मेरो मस्तिष्क नै हल्लियो’
-
डाँका मुद्दामा २०५६ सालदेखि फरार प्रतिवादी पक्राउ
-
६ स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपतिद्वारा शपथ ग्रहण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण