अस्पतालले भन्यो– सशांकलाई हृदयाघात भएको होइन तर फोक्सोको निमोनिया छ’
बुधबार, २२ असार २०७३, १३ : ०५
काठमाडौँ– ओम अस्पताल भर्ना भएका नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाको स्वास्थ्य अवस्था गम्भीर रहेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।
उहाँलाई हृदयाघातको आशङ्का गरिए पनि परीक्षणका क्रममा हृदयाघात नभएको तर फोक्सोको निमोनिया रहेको उपचारमा संलग्न चिकित्सक डा लव जोशीले जानकारी दिए ।
चिकित्सकका अनुसारको अहिले उनको रक्तचापको अवस्था ९०–६० रहेको छ । पिसाब बन्ने क्रम प्रतिघन्टा ५० एमएल रहेको छ । रक्तचाप कम भएकाले उनलाई अहिले तीन किसिमका औषधि दिइएको छ भने शरीरको तापक्रम बढाउन नदिने उपाय अपनाइएको उनले बताए ।
डा। जोशीले भने—‘‘उहाँको स्वास्थ्यलाई स्थिर राख्ने प्रयास गरिएको छ । उहाँको अवस्था गम्भीर छ ।’’
डा कोइरालाको उपचारमा डा. अर्जुन कार्की, डा. भगवान कोइराला, डा. युएन पाठक, डा. लवजोशी, डा. श्याम महर्जन, डा. सुवास आचार्य, डा. महेश भट्टराई, डा. रवीन्द्र श्रेष्ठ, डा रावल पाठक, डा. पिके क्षेत्री, डा. हरिकिशोर श्रेष्ठ, डा. हरिश जोशीलगायतका १५ जनाभन्दा बढी चिकित्सकको टोली सक्रिय रहेको अस्पतालले जनाएको छ ।
डा. कोइरालालाई थप उपचारका लागि एयर एम्बुलेन्सबाट भारतमा लैजाने तयारी भए पनि शरीरको अवस्था स्थिर नरहेका कारण तत्काल सम्भव नभएका कारण लैजान नसकिएको पनि अस्पतालले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तनहुँमा झोलुङ्गे पुलबाट हाम फालेकी किशोरीको सकुशल उद्धार
-
केन्द्रीय बैंकद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान
-
ऊर्जा उद्यमीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन
-
‘बालविवाह गरेका तीनजनालाई भेट्दा मेरो मस्तिष्क नै हल्लियो’
-
डाँका मुद्दामा २०५६ सालदेखि फरार प्रतिवादी पक्राउ
-
६ स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपतिद्वारा शपथ ग्रहण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण