समुन्द्रमा पहिलोपटक देखियो ‘भूत माछा’, वैज्ञानिकसमेत आश्चर्यचकित (भिडियोसहित)
बिहीबार, २३ असार २०७३, १२ : ०७
‘भूत माछा’ अर्थात ‘गोष्ट फिस’को नाम सायद हामीमध्ये धेरैले सुनेका छैनौं होला । धेरैले नाम नै नसुनेको यो माछा क्यामरामा कैद भएको छ । कहिलेकाँही हलिउड फिल्ममा मात्र देखिएको अथवा सुनिएको गोष्ट फिस अर्थात भूत माछा पहिलो पटक समुन्द्रमा जीवित देखिएको छ ।
१० सेन्टिमिटर लामो यो माछालाई अनुसन्धानकर्ताहरुले पहिलो पटक देखेका छन् र आफ्नो क्यामरामा समेत कैद गर्न भ्याएका छन् ।
यो प्रशान्त महासागरको २ मिटर गहिराइमा भेटिएको हो ।
निकै भिन्न प्रकारको देखिने यो माछा हेर्दा पहेंलो र पारदर्शी देखिएको छ भने आँखा बाहिर भुक्क निस्किएको देखिन्छ ।
यो एफियोनिडाइ फेमिलीभित्र पर्छ ।
अचम्मको यो माछाको दृश्य ओकिएनस एक्सप्लोररले प्रशान्त महासागरको उत्तरी मारियाना द्वीपको यात्राको क्रममा आफ्नो क्यामरामा कैद गरेका थिए ।
राष्ट्रिय समुन्द्री मत्स्य सेवाका डा. ब्रुस मन्डीले भने, ‘यो निकै अचम्मको घटना हो । ’
‘मलाई विश्वास छ यो एफिओनिड हो र यो प्रजातीको माछा पहिलो पटक जिउँदै दिखिएको यो पहिलो घटना हो भनी विश्वास गर्छु ।’
‘हामीले जे देख्यौं, यो निकै सधैंभरी देख्न पाइने कुरा होइन ।’ उनले थपे, ‘यो माछा देख्नु धेरै विज्ञहरुको इच्छासमेत हो ।’
यो माछा जीवित रुपमा पानीमा तैरिरहेको देख्दा वैज्ञानिकलगायत सबैजना अचम्मित छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि लामिछानेले किटान गरेका शत्रु काे–काे हुन् ?
-
यी हुन् रास्वपामा रवि लामिछानेले देखेका चुनौती
-
लामो समय लाइन बस्दा पनि उम्मेदवारी फारम नपाएपछि प्रतिनिधिहरू आक्रोशित
-
नेपाल शिक्षण संस्था सर्वेक्षण, २०८१ को नतिजा सार्वजनिक
-
पहिलोपल्ट अधिकांश पालिकामा छन् हाकिम, १८ मात्र निमित्तको भरमा
-
गृहमन्त्रीको अमलेटमा काँडा भेटिएको लर्ड्स होटललाई ३ लाख रुपैयाँ जरिबाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण