कर छली गर्ने व्यापारीमाथि कारबाही थालियो
रुपन्देही – आन्तरिक राजस्व कार्यालय भैरहवाले कर छली गर्ने व्यवसायीलाई कारबाही थालेको छ ।
कार्यालयले कानुन विपरीत काम गर्ने र राजस्व छली गर्ने जिल्लाका मदिरा तथा सुर्तीजन्य वस्तु उत्पादन गर्ने उद्योग तथा बिक्री वितरण गर्ने व्यवसायीलाई कारबाही थालेको हो ।
आन्तरिक राजस्व कार्यालयका प्रमुख कर अधिकृत महाराज कोइरालाका अनुसार मदिरा बिक्री गर्ने ४८ व्यवसायीको अनुगमन गर्दा १२ व्यवसायीले बिनाइजाजत कारोबार गरेको पाइएको छ । अवैध मदिरा बरामद गर्ने क्रममा पाँच करदातालाई कारबाही गरी २३२ कार्टुन ७० युपी शक्तिको मदिरा जफत गरी रु ३६ लाख ६९ हजार अन्तःशुल्क र रु एक लाख ५१ हजार मूल्य अभिवृद्धि कर असुल गरिएको छ ।
केही समयअघि चिल्हिया गाविसमा रहेको किसान डिस्टिलरीले अन्तःशुल्क स्टिकर नभएका मदिरा बजारमा पठाउन लाग्दा गाडीसहित नियन्त्रणमा लिएर छानबिन समेत थालेको थियो । सो गाडी अहिले लिलामीको प्रक्रियामा रहेको कार्यालयले जनाएको छ ।
त्यसैगरी सुर्तीजन्य पदार्थको कारोबारको अनुगमन गर्दा सात करदाता कारबाहीमा परेका छन् । उनीहरुबाट १५ बोरा गुट्खा जफत गरिएको छ । यस्तै स्वास्थ्य तथा शिक्षा सम्बद्ध संस्थामध्ये ३२ करदाताको कारोबारस्थलमा गई स्वास्थ्य सेवा कर तथा शिक्षा सेवा शुल्कको अनुगमन तथा कारबाही गरी रु ८७ हजार जरिवाना तिर्न लगाइएको कार्यालयका सूचना अधिकृत धनीश्वर अर्यालले जानकारी दिए । आन्तरिक राजस्व कार्यालयका अनुसार मदिरा उद्योगबाट चालु आवको जेठसम्म रु रु चार अर्ब ७७ करोड ९७ लाख अन्तःशुल्क उठाइएको छ । पर्याप्त जनशक्ति नहुँदा कर असुलीमा समस्या आएको प्रमुख कोइरालाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तनहुँमा झोलुङ्गे पुलबाट हाम फालेकी किशोरीको सकुशल उद्धार
-
केन्द्रीय बैंकद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान
-
ऊर्जा उद्यमीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन
-
‘बालविवाह गरेका तीनजनालाई भेट्दा मेरो मस्तिष्क नै हल्लियो’
-
डाँका मुद्दामा २०५६ सालदेखि फरार प्रतिवादी पक्राउ
-
६ स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपतिद्वारा शपथ ग्रहण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण