मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय

१२८ किलोकी महिला श्रीमानमाथि खसिन्, दुबैको मृत्यु

बिहीबार, २३ असार २०७३, १४ : २०
बिहीबार, २३ असार २०७३
भारतको गुजरातको राजकोटमा एक निकै दुर्भाग्यपूर्ण घटना घटित भएको छ । यहाँ एक ६८ महिलाकी महिला भर्याङबाट खसेर आफ्नो श्रीमान् माथि पछारिइन् । यो घटनामा दुबै श्रीमान्–श्रीमतीको मृत्यु भयो । राजकोटको पश इलाकामा बस्ने एक महिला आफ्नो छोरालाई सास फेर्न समस्या भयो भन्दै हतारिँदै भर्याङ उक्लदैं थिइन् । आत्तिएर भर्याङ उक्लदैं गर्दा उनी त्यहाँबाट लडिन् र श्रीमानमाथि पछारिइन् । १२८ किलोकी मंजुला हडबडीमा लडेर आफ्नो श्रीमान नटवरलालमाथि लडेकी हुन् । उनीहरु दुबैलाई निकै ठूलो चोट लागेको थियो । पछि दुबैको मृत्यु भएको समाचार छ । नटवरलालका छोरा आशिष र बुहारी निशा पहिलो तल्लामा बस्दथे र नटवरलाल र मंजुला तल्लो तल्लामा । पुलिसका अनुसार बिहान करिब ४ बजे निशा आशिषका लागि औषधी लिन तल्लो तल्लामा गएकी थिइन् । त्यतिबेलासम्म मंजुला र नटवरलाल पनि निन्द्राबाट ब्यूझिसकेका थिए । छोराको स्वास्थ्य बारे जानकारी पाएपछि उनीहरु हतारिँदै सिँढी चढिरहेका थिए । मञ्जुलाले त्यतिबेला आफ्नो सन्तुलन बनाउन सकिनन् र त्यहाँबाट झरिन् । मञ्जुलाको पछाडि उनका श्रीमान नटवरलाल पनि सिढिँ चढिरहेका थिए । मञ्जुला आफ्नो पछाडि आइरहेका श्रीमानमाथि खसिन् । यो घटनामा दुबैलाई ठूलो चोट लाग्यो । दुबैको एक नीजि अस्पतालमा भर्ना गरियो जहाँ उनीहरु दुबैको मृत्यु भयो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप