सिंहले डिजाइन गरेको जिन्स, लगाउने होइन त ? (भिडियोसहित)
शुक्रबार, २४ असार २०७३, १४ : १२
लुगा हाम्रो आधारभूत आवश्यकता मध्येको एक हो । हामीमध्ये धेरैले डिजाइनर ड्रेसपनि लगाउँछौं । विश्वभरी डिजाइनरको संख्या अनगिन्ती छ । यस्तोमा हामीलाई धेरैको नाम थाहा पनि छैन होला । तर आज हामी तपाईंलाई यस्तो डिजाइनर बारे जानकारी दिँदैछौं जसबारे पहिलो पटक सुन्दा तपाईंलाई अपत्यारिलो लाग्छ होला । यसै भनिएको होइन, संसार विचित्रको छ । र त यहाँ सिंह पनि डिजाइनर हुन्छन् ।
जंगलको राजा कसरी डिजाइनर भन्ने तपाईंमध्ये धेरैलाई लागेको होला । तर जापानका मानिसले सिंहलाई पनि डिजाइनरको सृजनात्मक काम सुम्पिएको छ । ‘जु जिन्स’ ब्रान्ड नाम अन्र्तगत यस्ता जिन्सहरुको उत्पादन गरिन्छ । ‘जु जिन्स’लाई सर्वप्रथम जापानको तोहोकु क्षेत्रको सेन्डाई सिटीमा अवस्थित तोहोकु गाक्वुइन युनिभर्सिटीको रिभाइटलाइजेसन क्याम्पेनअन्र्तगत निकालिएको थियो ।
पहिलो जिन्स सन् २०१४ मा लञ्च गरिएको थियो । यो पहिलो जिन्सको डिजाइनका लागि सिंह, बाघ र भालुहरुलाई डेनिमले बेरिएको खेलौनाहरु दिइयो । त्यसलाई समात्नको लागि उनीहरु त्यसलाई दाँतलाई समात्छन् र हातले चिथोर्छन् । यसरी नै ‘जु जिन्स’ निकालिन्छ । हुन त यो जिन्स निकै महँगो छ, यो जिन्स मानिसहरुमाझ निकै लोकप्रिय छ जसका कारण तोहोकु गाक्वुइन युनिभर्सिटीले अर्को सिंहले डिजाइन गरेको १० वटा जिन्स अनलाईनमार्फत लिलामीमा बेच्दैछ ।
अडीटी सेन्ट्रलका अनुसार सन् २०१६ को लागि दुईवटा सिंहहरु डिजाइनर भए । एउटा १९ वर्षीय भाले कर्टिस भने अर्की १६ वर्षीया पोथी ओनिल । जुन २५ का दिन ती दुबैलाई उनीहरुको मनपर्ने खेलौनामा डेनिमले बेरेर दिइयो । पछि त्यो डेनिमलाई मोमोटारो र जापान ब्लू, देशका शीर्ष दुई जिन्स उत्पादन गर्ने कम्पनीलाई १० वटा जिन्स उत्पादन गर्नको लागि दिइयो ।
यसवर्ष जू जिन्स अगस्ट १ तारिखदेखि बेचिनेछ जसको मूल्य ९५७.५५ अमेरिकी डलर हुनेछ । त्यसबाट आएको रकम याजियामा जुलोजिकल पार्कमा वातावरण सुरक्षा गतिविधिका लागि प्रयोग गरिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि लामिछानेले किटान गरेका शत्रु काे–काे हुन् ?
-
यी हुन् रास्वपामा रवि लामिछानेले देखेका चुनौती
-
लामो समय लाइन बस्दा पनि उम्मेदवारी फारम नपाएपछि प्रतिनिधिहरू आक्रोशित
-
नेपाल शिक्षण संस्था सर्वेक्षण, २०८१ को नतिजा सार्वजनिक
-
पहिलोपल्ट अधिकांश पालिकामा छन् हाकिम, १८ मात्र निमित्तको भरमा
-
गृहमन्त्रीको अमलेटमा काँडा भेटिएको लर्ड्स होटललाई ३ लाख रुपैयाँ जरिबाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण