बिहीबार, २५ असार २०८३
ताजा लोकप्रिय

अधुरो काम छाडेर ठेकदारलाई कारबाही गर्ने सिडिओको चेतावनी

शनिबार, २५ असार २०७३, ११ : २२
शनिबार, २५ असार २०७३
रौतहट–सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरसंग टेण्डर लिएर कामै पूरा नगरी भाग्ने ठेकदारलाई कारबाहीको दायरामा ल्याउने सिडिओ नरहरी बरालले बताएका छन् । रौतहटको उत्तरीभेग गर्जाघाट र कटहरीया घाटस्थित लालबकैया नदीमा निर्मित पुलको दुबैछेउको कल्भर्ट निर्माण अधुरो छोडी भागेका ठेकदार राम बशिष्ट यादवलाई कारवाहीको दायरामा ल्याउने सिडिओ बरालले बताएका हुन् । दुबै ठाँउको कल्भर्ट अधुरो छोडी भागेका कारण हजारौं मानिसलाई कठिनाई भईरहेकाले ठेकदार यादवको जयमा दुर्गा निमार्ण शेवा कम्पनीलाई कालोसुचीमा राख्न सडक डिभिजनलाई लिखित सिफारीस गर्ने सिडिओ बरालले प्रतिवद्धता जनाएका छन् । यहाँको लक्षमिनिया स्थित एक सार्वजनिक कार्यक्रममा उनले यस्तो बताएका हुन् । गत फागुन महिनामा कल्भर्ट निर्माणको लागी टेण्डर लिई हालसम्म अधुरै छोडर भागेकाले कटहरीया,भसेढवा,लक्षमिनिया आसपासका मानिसलाई गरुडा,गौर,कलैया,बिरगंज आउन जान ठुलो समस्या भईरहेको स्थानिय हरुले बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप