कर्मचारीहरूलाई छिटो स्वास्थ्य सेवा उपलब्ध गराउन मन्त्रालयमै स्वास्थ्य सेवा इकाई सञ्चालन
सारांश
- भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा निजामती कर्मचारीलाई सहज, छिटो र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन स्वास्थ्य सेवा इकाई सञ्चालनमा आएको छ।
- मन्त्रालय भवनको तल्लो तलामा सञ्चालनमा आएको उक्त सेवा इकाईमार्फत निजामती कर्मचारीहरूले कार्यस्थलमै स्वास्थ्य परीक्षण, रगत परीक्षण, सुगर र प्रेसर जाँच लगायतका आधारभूत स्वास्थ्य सेवाहरू प्राप्त गरिरहेका छन्।
- स्वास्थ्य सेवा इकाई सञ्चालनमा आएपछि कर्मचारीहरूलाई सामान्य स्वास्थ्य परीक्षणका लागि अस्पतालमा लामो लाइन बस्नुपर्ने अवस्थाको अन्त्य भएको छ र दैनिक ५० जनाभन्दा बढी कर्मचारीले सेवा लिइरहेका छन्।
काठमाडौँ। निजामती कर्मचारीलाई सहज, छिटो र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा निजामती कर्मचारी अस्पतालको स्वास्थ्य सेवा इकाई सञ्चालनमा आएको छ।
गत १९ गतेबाट मन्त्रालय भवनको तल्लो तलामा सञ्चालनमा आएको उक्त सेवा इकाईमार्फत निजामती कर्मचारी आधारभूत स्वास्थ्य सेवा उपलब्ध गर्दै आएको छ ।
मन्त्रालयका अनुसार स्वास्थ्य सेवाका लागि कर्मचारीहरू अस्पतालसम्म पुग्नुपर्ने बाध्यता कम गर्दै कार्यस्थलमै स्वास्थ्य परीक्षणको सुविधा उपलब्ध गराइएको हो।
साथै निजामती कर्मचारी अस्पतालमा बढ्दो सेवाग्राहीको चाप व्यवस्थापन गर्न पनि मन्त्रालय परिसरमै सेवा इकाई स्थापना गरिएको जनाएको छ।
सेवा इकाईबाट स्वास्थ्य परीक्षण, रगत परीक्षण, रक्तचाप (प्रेसर) जाँच, रगतमा चिनी (सुगर) परीक्षणलगायत विभिन्न आधारभूत स्वास्थ्य सेवाहरू प्रदान गर्दै आएको छ ।
उक्त स्वास्थ्य सेवा इकाईमा एक जना चिकित्सक, एक जना नर्स, एक जना ल्याब टेक्निसियन, एक जना प्रशासन कर्मचारी र एक जना सहयोगी गरी पाँच जना स्वास्थ्यकर्मी कार्यरत छन्।
स्वास्थ्य सेवा इकाईमा कार्यरत डा. लक्ष्मी शर्माले मन्त्रालयमै स्वास्थ्य सेवा उपलब्ध भएपछि कर्मचारीहरूले सामान्य स्वास्थ्य परीक्षणका लागि अस्पतालमा लामो लाइन बस्नुपर्ने अवस्था अन्त्य हुने बताइन्।
उनका अनुसार सम्पूर्ण शारीरिक परीक्षण, प्रयोगशाला सेवा, सुगर तथा प्रेसर परीक्षणलगायत आवश्यक स्वास्थ्य सेवा यहीँबाट प्रदान भइरहेको छ। सञ्चालन आएसँगै अहिले दैनिक रूपमा ५० जना भन्दा बढी कर्मचारीहरू स्वास्थ्य परीक्षण गर्न आउने गरेको डा. शर्माले बताइन् ।
सेवा सञ्चालनमा आएपछि कर्मचारीहरूलाई स्वास्थ्य सेवा लिन सहज भएको बताएका छन्। उनीहरूले कार्यस्थलमै स्वास्थ्य सेवा उपलब्ध हुनु प्रभावकारी र समय बचत र अस्पतालमा गएर लामो लाइनमा बस्नु नपर्ने समेत बताएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अबदेखि गण्डकीमा गाजा खेती गर्न पाइने, पारित भयो विधेयक
-
सम्पत्ति शुद्धीकरण निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन विधेयक पारित
-
इरानको तटीय क्षेत्रमा फेरि विस्फोट, सैन्य अड्डा आसपास आक्रमण भएको आशङ्का
-
पोखरा उद्योग वाणिज्य सङ्घको अध्यक्षमा शोभा गौतमको उम्मेदवारी घोषणा
-
अली खामेनीको अन्त्येष्टि परिवारका सदस्यमा सीमित हुने
-
पूर्वमुख्यमन्त्री सोडारीविरुद्धको भ्रष्टाचार मुद्दा सुनुवाइ स्थगित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण