इतिहासका सबैभन्दा डरलाग्दा र रहस्यमयी तस्बिरहरु
शनिबार, २५ असार २०७३, १२ : ४१
तपाईंले अहिलेसम्म थुप्रै प्रकारको फोटोहरु देख्नुभएको होला । कोही हाँस्यास्पद त कुनै अचम्मका र कुनै रहस्यमयी पनि । आज हामी तपाईंलाई केही यस्ता तस्बिरबारे जानकारी दिँदै छौं जसको रहस्य अहिलेसम्म पत्ता लाग्न सकेको छैन ।
१. यो तस्बिर सन् १९६६ मा बेलायतको नेशनल मेरिटाइम म्युजियममा खिचिएको हो । विगत १०० वर्षदेखि यहाँ असाधारण क्रियाकलाप हुने गरेको बताइएको छ ।
२. सन् १९९१ मा इलिनोइसको ब्याचलर ग्रुभमा खिचिएको यो तस्बिर गोष्ट रिसर्च सोसाइटिको हो । फोटो खिच्दा यहाँ कोही पनि महिला नभएको दाबी गरिएको छ ।
३. यो फोटो सन् १९३६ मा बेलायतको रेन्ह्याम हलमा खिचिएको हो । आत्मासँग मेल खाने एक महिलाको मृत्यु फोटो खिच्नु १० वर्ष पहिले भएको बताइएको छ ।
४. वेम टाउन हलमा आगलागी भयो । एक फोटोग्राफरले आगोको फोटो खिचे । एक महिलाको आत्मा आगोसँगै कैद भयो ।
५. कोरोबोरी रक, अष्ट्रेलिया सन् १९५९ । एक अर्धपारदशी महिला हातमा दुरबीन लिएर फोटोको बिचमा देखिएकी छिन् ।
६. यो फोटो सन् १९९७ को अगस्ट १७ तारिखमा खिचिएको हो । फोटोमा एक वृद्ध देखिन्छन् जो फोटो खिच्दा वरिपरि थिएनन् । उनी ती वृद्धाको श्रीमानसँग मिल्दाजुल्दा देखिने बताइएको छ जसको सन् १९८४ मा मृत्यु भएको थियो ।
७. बुथिल सिमेट्रि सन् १९९० । यो फोटो फिल्मको छायांकनको क्रममा खिचिएको थियो । ब्याकग्राउन्डमा एक अचम्मका मानिस देखिन्छन् जसलाई कहिले पनि कसैले देखेका थिएनन् ।
८. इल प्यासो हाइ स्कूल सन् १९८५ । अचम्मकी युवती फोटो खिच्दा त्यहाँ थिइनन् । उनी त्यहाँकी भूतपूर्व विद्यार्थी भएको बताइन्छ जसको मृत्यु पहिले नै भइसकेको थियो ।
९. यो फोटो सर भिक्टोर गोद्दार्ड स्क्वाडरनको हो । यो फोटोमा एक अफिसरको पछाडि एक अन्य व्यक्ति देखिएका छन्, जसको पहिचान स्क्वाडरनको एयर मेकानिक फ्रेडी ज्याक्सनको रुपमा भएको छ । तर यो मेकानिकको यो फोटो खिच्नु दुई दिन पहिले एक दुर्घटनामा मृत्यु भएको थियो । उनको अन्तिम संस्कार फोटो खिचेको दिनमा नै भएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि लामिछानेले किटान गरेका शत्रु काे–काे हुन् ?
-
यी हुन् रास्वपामा रवि लामिछानेले देखेका चुनौती
-
लामो समय लाइन बस्दा पनि उम्मेदवारी फारम नपाएपछि प्रतिनिधिहरू आक्रोशित
-
नेपाल शिक्षण संस्था सर्वेक्षण, २०८१ को नतिजा सार्वजनिक
-
पहिलोपल्ट अधिकांश पालिकामा छन् हाकिम, १८ मात्र निमित्तको भरमा
-
गृहमन्त्रीको अमलेटमा काँडा भेटिएको लर्ड्स होटललाई ३ लाख रुपैयाँ जरिबाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण