जब सिंहले बचायो गाईको बच्चाको ज्यान (भिडियोसहित)
सोमबार, २७ असार २०७३, १७ : ४७
संसार निकै अचम्मको छ । यहाँ कहिलेकाँही यस्तो देख्न पाइन्छ जसको बारेमा कसैले सोचेका पनि हुँदैनन् । सोच्नुहोस्, यदि कुनै सिंहले अफ्रिकी गाईेको बच्चालाई शिकार गरिरहेको होस् र त्यो अचानक त्यही गाईको बच्चासँग खेल्दै त्यसलाई नै रक्षा गरिरहन्छ भने के होला ? हो, यस्तै भएको छ । रातोपाटी तस्बिरमार्फत यस्तै घटना सार्वजनिक गरिरहेको छ जसको भिडियो राखिएकै समयमा भाइरल बनेको छ ।
अफ्रिकी गाईको एक बच्चा जंगलमा हराइरहेको थियो । त्यो यताउती घुमिरहेको थियो । त्यतिबेला नै एउटा सिंहको नजर गाईेको बच्चामाथि पर्यो र त्यसलाई झम्टियो ।
अफ्रिकी गाईको बच्चाको ज्यान बचाउनको लागि भाग्यो तर सिंहको उच्च गति र ताकतको अगाडि त्यो कहिलेसम्म भाग्थ्यो र ?
केही क्षण पछि नै सिंहले गाईको बच्चालाई समातिहाल्यो तर त्यसको शिकार गर्नुको सट्टा सिंह बच्चासँग खेल्न पो थाल्यो ।
गाईेको बच्चाले पनि सिंह एक सिकारी हो भन्ने बिर्सियो र सिंहसँगै खेल्न थाल्यो ।
तर यो खेल धेरैबेरसम्म टिकेन । गाईको बच्चासँग खेलिरहेको सिंहलाई केहीको आवाज आएका कारण यताउती हेर्न थाल्यो ।
तब अर्को सिंह गाईको बच्चामाथि जाइलाग्यो । तर यो के ? गाईको बच्चासँग खेलिरहेको सिंह नयाँ शिकारीको समाना गर्नको लागि खडा भयो ।
निकै बलियो यो सिंहको ताकतको अगाडि अर्को हमला गर्ने सिंहको केही लागेन जसका कारण उक्त सिंह त्यहाँबाट भाग्यो ।
यस्तो दृश्य निकै अचम्मको छ । जो व्यक्तिले यो भिडियोलाई कैद गरे उनीहरुको आवाज लगातार त्यसमा सुनिएको छ । उनीहरुले ‘अचम्म’ भन्ने शब्दलाई धेरैपटक प्रयोग गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि लामिछानेले किटान गरेका शत्रु काे–काे हुन् ?
-
यी हुन् रास्वपामा रवि लामिछानेले देखेका चुनौती
-
लामो समय लाइन बस्दा पनि उम्मेदवारी फारम नपाएपछि प्रतिनिधिहरू आक्रोशित
-
नेपाल शिक्षण संस्था सर्वेक्षण, २०८१ को नतिजा सार्वजनिक
-
पहिलोपल्ट अधिकांश पालिकामा छन् हाकिम, १८ मात्र निमित्तको भरमा
-
गृहमन्त्रीको अमलेटमा काँडा भेटिएको लर्ड्स होटललाई ३ लाख रुपैयाँ जरिबाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण