दश टनभन्दा बढी सामानका गाडी चलाउन नपाइने
रसुवा - पासाङल्हामु राजमार्गका विभिन्न भागमा सडक जीर्ण बन्दै गएपछि स्थानीय प्रशासनले ठूला मालबाहक सवारी नचलाउन व्यवसायीलाई आग्रह गरेको छ ।
जिल्ला दैवीप्रकोप उद्धार समितिको शुक्राकर बसेको बैठकले सो राजमार्गको रसुवा खण्डअन्तर्गत ग्राङ–मूलखर्क, फूलखर्क–खोपाङभिर र सानु भार्खु लगायत क्षेत्र वर्षाका कारण जीर्ण बन्दै गएपछि एक पटकमा १० टनभन्दा बढी सामान बोेकेका सवारी साधन वर्षायामभर नचलाउन सबै व्यवसायी र सवारीधनीलाई निर्देशन दिइएको प्रजिअ कृष्णप्रसाद अधिकारीले बताए ।
उक्त सडकखण्ड जीर्ण बन्दै गएपछि एम्बुलेन्स समेत गुडाउन असहज भएको छ छ । चीनसँगको नाका केरुङबाट चिनियाँ सामग्री ढुवानी गर्दै आएका व्यवसायीले समेत वर्षायामभर एक पटकमा १० टनसम्म मात्र सामान बोक्न पाउने व्यवस्था गरिएकामा अत्यावश्यक परेका खण्डमा भने प्रशासनको अनुमतिमा त्यसभन्दा बढी भारका सवारी साधन गुड्न पाउनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आत्मदाह प्रयास गर्ने पुरुष पठाओ चालक, महानगर प्रहरीले गरेको थियो मोटरसाइकलमा ‘ह्वील लक’
-
आफ्नै शरीरमा आगो लगाउने पुरुषको पहिचान खुल्यो
-
विश्वकपमा ब्राजिलको बिजोग : एन्चेलोटीको रणनीतिमा कहाँ भयो गल्ती?
-
कैदीबन्दीको अवस्थासम्बन्धी अध्ययन गर्न गठित संसदीय उपसमितिको कार्यअवधि थप
-
सुनुवाइ प्रक्रियालाई पारदर्शी र प्रभावकारी बनाउनुपर्छ : वर्षमान पुन
-
चिकित्सा शिक्षा आयोगको कोष सञ्चालन कार्यविधि स्वीकृत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण