मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय

संसारका सबैभन्दा डरलाग्दा २५ ‘हन्टेड होटल’: ग्रान्ड हायातदेखि ताज महल प्यालेससम्म

आइतबार, ०२ साउन २०७३, १७ : ०४
आइतबार, ०२ साउन २०७३
के तपाईंले कहिले भूतको उपस्थिती महसुस गर्नुभएको छ ? यदि गर्नुभएको छैन भने फिल्म र कहानीमा देखेर पक्कै पनि डराउनु भएको छ होला । तर तपाईंले कहिले सोच्नु भएको छ, तपाईं कतै घुम्न गएको बेला कुनै ‘हन्टेड होटल’मा पर्नुभयो भने के होला ? तपाईं पक्कै पनि यस्तो चाहनुहुन्न । तपाईंलाई रातोपाटी डट कमले संसारका त्यस्ता २५ डरलाग्दा ‘हन्टेड होटल’ बारे जानकारी दिँदै छ, जसको नाम सुन्दा नै मानिसहरु डराउने गर्दछन् । २५. करोष्टा जेल होटल, लातवियाः लातवियाको यो जेललाई नाजिया र सोभियत रुसी सैनिकले प्रयोग गरेका थिए जसमा युद्ध पछि बन्दी बनाइएको सबै सैनिकको हत्या गरिन्थ्यो । पछि यो जेललाई होटलमा परिवर्तन गरियो । यहाँ आउने मानिसहरुले ‘गेट आउट अफ हेयर’ जस्ता आवाजहरु सुन्ने गर्दछन् । यहाँ मानिसहरु आफूले चाहेर नै आउने गर्दछन् जहाँ आगन्तुकलाई बन्दीको रुपमा व्यवहार गरिन्छ । २४. क्रिसेन्ट होटल, आर्कान्ससः यो अमेरिकाको सबैभन्दा ठूलो ‘हन्टेड होटल’ मानिन्छ । सन् १८८६ मा यो होटल र स्पा निकै खर्चिलो लागतमा बनेको थियो । तर, यो ठाउँ केही कारण नै थाहा नभई हन्टेड बन्यो । अहिलेसम्म दर्जनौं पटक अचम्मको हर्कतका कारण आगन्तुकहरु होटल छोडेर भागेका छन् । २३. डा. होल्म्स होटल, नर्वेः यूरोपको नर्वे जैइलोमा बनेको यो होटल निकै खर्चिलो त छ नै जहाँ स्पा, स्विमिङ पुल, जिमजस्ता सुविधाहरु रहेका छन् । तर यो होटल हन्टेड पनि हो । मानिसहरुको भनाई अनुसार यो होटलमा सन् १९२६ मा एक युवतीले रुम नम्बर ३२० मा फाँसी लगाएर आत्महत्या गरेकी थिइन् । त्यतिबेलादेखि यो कोठामा जो पनि बसे, उनीहरुले पूरा रात बिताउन सकेनन् । २२. होटल बर्चिएन्टी, इटालीः यूरोपको सबैभन्दा राम्रो शहर फ्लोरेन्स नव–विवाहित र प्रेमी जोडीले भरिएको हुन्छ । तर यो राम्रो शहरको बीच भागमा रहेको यो होटलमा कोही पनि जान चाहँदैन । कारण हो, अचम्मको आवाजहरु सुनिनु । जसका कारण होटल हरेक समयमा खाली देखिन्छ । २१ . होटल डेल कोरोनाडो, क्यालिफोर्नियाः अमेरिकाको क्यालिफोर्नियामा अवस्थित यो होटल सन् १९८८ मा बनेको थियो । जुन त्यतिबेलाको सबैभन्दा ठूलो रिसोर्ट थियो । स्यान डियागोमा बनेको यो होटल आगन्तुकका लागि मात्र नभई कर्मचारीहरुको लागि पनि भयावह साबित भयो । किनभने होटलमा कालो कपडा लगाएकी महिला हरेक ठाउँमा घुम्ने गर्दथिन् । २०. ग्रान्ड हायातः ताइवानको राजधानी ताइपेइको यो होटल सबैभन्दा महँगो होटल मध्येको एक हो । जसलाई एक राजनीतिक कैदी भएको व्यक्तिले बनाएका थिए । यो होटलमा थुप्रैको हत्या भएको बताइएको छ जसका कारण यहाँ भूतको छाँया छ भनिन्छ । १९. हेवर क्यासल, इंगल्याण्डः ब्रिटेनको राजधानी लण्डनबाट ४८ किलोमिटर टाढा रहेको हेवर गाउँमा इंगल्याण्डका राजा रहेका हेनरी सातौंको दोस्रो पत्नी एनी बोलेनले आफ्नो बाल्यकाल बिताएकी थिइन । तर यो शानदार होटलमा उनको मृत्युको सयौं वर्षपछि पनि उनको भूतको छायाँ घुम्ने गर्दछ जसलाई धेरै मानिसहरुले देखेको दाबी गर्दछन् । १८. बैंफ स्प्रिंग्स होटल, क्यानडाः सन् १९८८ मा बनेको यो होटल क्यानडाभरी ‘हन्टेड होटल’ को नामले चिनिन्छ । मानिसहरुको दाबी अनुसार यो होटलमा दुलहीको भेषमा एउटा भूत घुम्दछ । यतिमात्र होइन, रुम नम्बर ८७३ मा एउटा पूरै परिवारको हत्या पछि यहाँ उनीहरुको भूत घुमिरहनेसमेत बताइएको छ । १७. रसेल होटल, अष्ट्रेलियाः अष्ट्रेलियाको सबैभन्दा पुरानो शहर सिड्नीमा रसेल होटलका इतिहास बारे धेरै थोरैलाई मात्र थाहा होला । यो होटलको रुम नम्बर ८ मा भूत भएको बताइन्छ जसका कारण यो रुममा कोही पनि यहाँ बस्न टिक्न नसक्ने मानिसहरुले बताएका छन् । १६. ब्यालीगेली क्यासल, उत्तरी आयरल्याण्डः उत्तरी आयरल्याण्डमा सन् १६२५ मा बनेको यो होटल देशको सबैभन्दा हन्टेड होटलको रुपमा चिनिन्छ । मानिसहरु यहाँ थुप्रै भूतहरु भएको दाबी गर्छन् जसले आगन्तुकको ढोकामा ढकढक गर्ने गर्दछन् जसका कारण आगन्तुकहरु सुत्न समेत पाउँदैनन् । १५. अलास्का विक्ली मेन्सन, टोकियोः जापानको राजधानी टोकियोमा बनेको यो होटल निकै डरलाग्दो भएको मानिन्छ । मानिसहरुको दाबी अनुसार जब होटलको एक कुनाबाट अर्को कुनामा हेरिन्छ तब त्यहाँ केही आकृतीहरु देखिन्छ । यतिमात्र होइन, यहाँ बेडबाट केही आवाज आउने र बत्तीहरु आफैं बल्ने निभ्ने गुनासो पनि यो होटलमा आउने गरेको बताइन्छ । १४. ड्र्याग्सहोम स्लट, डेनमार्कः डेनमार्कको सबैभन्दा ठूलो द्वीपमा जील्याण्डमा बनेको ड्र्याग्सहोम स्लट होटलमा तीन भूतको कहानी निकै बदनाम छ । तीन भूतमध्ये एक काली महिला, अर्की गोरी महिला र तेस्रोमा जेम्स हेलबर्न नामका मानिस भएको बताइन्छ । यी तिनै महिलाको १५७८ इस्वीमा कैदको दौरान मृत्यु भएको थियो । मानिसहरुको यो दाबी छ कि ती तीनैजना घोडामा सवार भएर मानिसलाई दुख दिने गर्दछन् । १३. होटल चेल्सिया, न्यूयोर्कः न्यूयोर्क शहरमा यो होटल सबैभन्दा चर्चित होटलमध्येको एक हो । जहाँ ठूला–ठूला सेलिब्रिटीहरु बस्ने गर्दछन् । यहाँ एक लेखक र कविको मृत्यु भइसकेको छ जो धेरै रक्सी खाने र केटीहरु खेलाउने गर्दथे । यो होटलको रुम नम्बर १०० मा तर्साउने गरेको मानिसहरुले बताएका छन् । १२. डलहौजी क्यासल, स्कटल्याण्डः स्कटल्याण्डको एडिनवर्गबाट १३ किमी दक्षिणस्थित डलहौजी क्यासल सन् १९७३ मा होटल बन्यो । यहाँ एक नवयुवतीले आफ्नो प्रेमीसँग भेट्न नदिएका कारण छतबाट हाम फालेर आत्महत्या गरेकी थिइन् । त्यसपछि उनले मानिसहरुलाई दुख दिने गरेको बताइन्छ । ११. एग्वा क्यालिएन्ट क्यारिनो एण्ड होटल, मेक्सिकोः उत्तरी मेक्सीकोको तिजुआनास्थित एग्वा क्यालिएन्ट क्यारिनो एण्ड होटल निकै डरालाग्दो मानिन्छ । यहाँ सन् १९३० को दशकमा एक गायिकालाई विष खुवाएर मारिएको थियो । १०. हेथम्यान होटल, ओरेगनः ओरेगनको हेथम्यान होटल निकै बदनाम छ । यो होटलको रुम नम्बर ७०३, ८०३ र १००३ मा भूतको कालो छायाँले निकै तर्साउने गरेको बताइन्छ । ९. उत्तरी कपुण्डा होटल, अष्ट्रेलियाः दक्षिण अष्ट्रेलियाको उत्तरी कपुण्डा होटल एक वर्ष पुरानो हो । यो ठाउँमा भूत भएको अन्दाज मानिसहरुले यसकारण पनि लगाउँछन् कि यहाँ भूतको थुप्रै सिरियल र फिल्म बनिसकेका छन् । अझ के भने, फिल्मको सुटिङका लागि आएका मानिसहरु नै यहाँ हुने अचम्मको आवाजले गर्दा थुप्रै पटक भागेका पनि छन् । ८. शेलबर्न होटल, आयरल्याण्डः आयरल्याण्डको राजधानी डब्लिनमा २६५ वटा रुमको शेलबर्न होटल निकै डरलाग्दो छ । यहाँ मेरी मास्टर्स नामकी सात वर्षीय बालिकाको मृत्यु सन् १७९१ मा मृत्यु भएको भनिएको छ । जो अहिले पनि मानिसहरुलाई तर्साएर दुख दिने गर्दछिन् । ७. बेला विस्टा होटल, पोर्चुगलः पोर्चुगलको बेला विस्टा होटल आफ्नै पुरानो मालिकको भूतले तनावमा छ । यहाँको रुम नम्बर १०८ मा मानिसहरुले अचम्म किसिमको आभाष पाउने गर्दछन् । ६. हथ्रोन होटल, म्यासाचुसेट्सः अमेरिकाको हथ्रोन होटल निकै चर्चित छ । रुम नम्बर ६१२ मा बस्ने कोही पनि आगन्तुक पूरा रात बिताउनै सक्दैनन् किनभने यो रुम बाहिर महिलाको भूतले मानिसहरुलाई तर्साउने गर्दछ । ५. स्किरिड मायन्टेन इन, वेल्सः ग्रेट ब्रिटेनको वेल्समा रहेको यो होटलको इतिहास ९ सय वर्षभन्दा पुरानो हो, जसमा १८० मानिसहरुलाई फाँसी दिएर हत्या गरियो । त्यसकारण यहाँ मानिसहरु निकै डराएर बस्ने गर्दछन् । ४. मोर्टलेस प्लान्टेशन्स, लुईसियानाः लुईसियानाको मोर्टलेस प्लान्टेशन्स होटलमा धेरै हत्या भइसकेका छन् । यो होटल अमेरिकाको सबैभन्दा ‘हन्टेड’ होटलमा गनिन्छ । ३. चाट्यु दे ब्रिसाक, फ्रान्सः फ्रान्सको यो क्यासल १११ औं शताब्दिमा बनाइएको थियो । सुरुवातमा यसलाई गेस्ट हाउस बनाएको थियो । यहाँ एक प्रेम जोडीको हत्या भएपछि यो ठाउँ भूताहा बनेको छ । २. ताज महल प्यालेस, भारतः भारतको सबैभन्दा ठूलो होटलमध्येको एक यो होटललाई पनि ‘हन्टेड’ होटल भनिन्छ किनभने सन् २००८ मा भएको आतंककारी हमलामा यहाँ १६७ मानिसहरुको मृत्यु भएको थियो । थुप्रै मानिसहरुले यहाँ अचम्मको आभाष हुने बताएका छन् । १. स्ट्यान्ली होटल, कोलोराडोः यो होटल पूरा दुनियाँमा भूताहा होटलको रुपमा परिचित छ । यो होटलमाथि ‘द साइनिङ’ नामक बहुचर्चित उपन्यास पनि लेखिसकिएको छ । यो होटलको रुम नम्बर ४१८ लाई सर्वाधिक भूताहा मानिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप