मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय

गाउँका मरेका मानिसलाई गुडिया बनाएर जिउँदै बनाउँछिन् यी महिला (भिडियोसहित)

मङ्गलबार, ०४ साउन २०७३, १० : ५६
मङ्गलबार, ०४ साउन २०७३
जापानको दक्षिणी नागोरोमा बस्ने अयोनो तुसमिकी नामकी एक महिलाले गाउँमा मरेका मानिसहरुको पुतली बनाएर फेरी उनीहरुलाई जिउँदो बनाउने गर्दछिन् । ६७ वर्षकी यी महिलाले कुनै जादु टुना गरेर मानिसहरुलाई जिउँदो बनाउने भने होइनन् । यी महिलालाई सानैबेलादेखि गुडिया बनाउने सोख थियो । पछिल्लो १४ वर्षदेखि उनले पुतली बनाउँदै आएकी छिन् । आयोन आफ्नो गाउँमा मरेका हरेक व्यक्तिको ठ्याक्कै उनीहरुको जस्तै लाइफ साइज डल बनाउने गर्दछिन् र उनका गुडिया यति वास्तविक देखिन्छन् कि मानिसहरुले कहिलेकाँही मरेको व्यक्ति पनि कसरी जिउँदो भयो भनि झसङ्ग हुन्छन् । सबैभन्दा अचम्मको कुरा त के छ भने उनी यी गुडिया कुनै आधुनिक प्रविधि प्रयोग नगरी पुराना कपडाले बनाउने गर्दछिन् । आयोनले अहिलेसम्म लगभग ३५० वटा गुडिया बनाइसकेकी छिन् र उनको गाउँको जनसंख्या पनि लगभग ३ सय छ । उपयुक्त ठाउँ हेरेर उनी प्रत्येक गुडियालाई भिन्न भिन्न ठाउँमा राख्ने गर्छिन् । उनले गुडियाको स्थानलाई दैनिक रुपमा परिवर्तन गर्छिन् । कसैलाई खेतमा काम गरिरहेको देखाउँछिन् भने कसैलाई कक्षामा पढिरहेको । आयोनको भनाई अनुसार उनलाई गुडिया बनाउँदा निकै खुसी लाग्छ । तर उनलाई गुडियाको अनुहारको हाउभाउ बनाउन गाह्रो लाग्छ । उनी भन्छिन्, ‘अनुहारको अभिव्यक्ति बनाउनु सबैभन्दा गाह्रो काम हो । ओठ बनाउन झन् अप्ठेरो छ ।’ आयोनले आफ्नो गुडिया निकै वास्तविक देखिने गरेको समेत बताउँछिन् । उनी भन्छिन्, ‘मेरो गुडियाहरु हेरेर कोही मानिस डराउलान् पनि किनभने ती निकै वास्तविक देखिन्छन् ।’ ‘मलाई लाग्दैन कि मर्नु डरालाग्दो हो,’ उनी थप्छिन् । उनीमाथि थुप्रै सर्टफिल्महरु पनि बनिसकेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप