मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय

ब्राजिलकी कट्रिनाले सवा आठ करोडमा बेचेकी थिइन् आफ्नो कुमारित्व, थाहा पाउनुस् अरु को ?

मङ्गलबार, ०४ साउन २०७३, १४ : २२
मङ्गलबार, ०४ साउन २०७३
के तपाईंलाई थाहा छ, ब्राजिलकी कट्रिनाले आफ्नो कुमारित्व सवा आठ करोडमा बेचेकी थिइन् । कट्रिना भन्ने बित्तिकै तपाईंलाई बलिउड नायिका कट्रिना कैफको सम्झना आयो होला । तर यो खबर उनीसँग सम्बन्धित छैन । हामी यहाँ ब्राजिलमा बस्ने २० वर्षीया कट्रिना मिग्लियोरिनी बारे कुरा गर्दै छौं जसले सवा आठ करोड रुपैयाँमा आफ्नो कुमारित्व बेचेकी थिइन् । कट्रिनाले यसबाट आएको पैसा आफ्नो शहरका गरिब मानिसहरुको घर बनाउने एक संस्थालाई दान दिएकी थिइन् । यो अचम्मको लिलामीको संसारभरी चर्चा भयो । थुप्रै मानिसहरुले यो लिलामीको विरोध गरेको पनि देखियो । पछि अष्ट्रेलियाको एक समूहले उनीमाथि ‘भर्जिन्स वान्टेड’ नामक डकुमेन्ट्री पनि बनाएका थिए । हुन त कट्रिना मात्र यस्तो महिला होइन जसले भर्जिनिटिलाई लिलामीमा राखेर मोटो रकम असुल्ने । उनीभन्दा पहिले र उनी पछि पनि यस्ता महिलाहरु रहेका छन् जसले लाखौं रुपैयाँमा आफ्नो कुमारित्व बेचेका छन् । सबैभन्दा पहिले नाटाली डिलनको कुरा गरौं । उनले साक्रामेन्टो स्टेटबाट ‘वुमन्स स्टडिज’ मा स्नातक तह पास गरेकी छिन् । उनी आफ्नो भर्जिनिटी बेच्नको लागि होवार्ड स्र्टनमा गइन् । उनले आफ्नो कलेजको शुल्क तिर्नका लागि यसो गरेकी बताएकी छिन् । उनको कुमारित्वको लिलामी बनीराञ्च डट कममा गरिएको थियो । उनले सवा दुई करोडमा आफ्नो कुमारित्वलाई बेचेकी छिन् । अर्की १९ वर्षीया न्यूजिल्याण्डकी भर्जिन 'अनगर्ल'ले पनि नाटालीलाई पछ्याएकी थिइन् । उनले आफ्नो कुमारित्व इननिड डट को डट एनजेडमा राखेकी थिइन् । १२ सय जनाले उनको आह्वानलाई सम्बोधन गरेका थिए तर उनले पछि ३२ हजार डलरलाई आफूले सोचेको भन्दा बढि हो भन्दै स्विकार गरेकी थिइन् । १८ वर्षीया रोमानियाकी किशोरी एलिना पर्सियाले कम्प्युटर डिग्री हासिल गर्नका लागि आफ्नो कुमारित्व लिलामीमा राखेकी थिइन् । एक ४५ वर्षीय इटालीका व्यापारीले एलिनाको कुमारित्वलाई १४ हजार डलरमा बिक्री गरे । एलिनाले उनको अनुभव निकै राम्रो भएको बताएकी थिइन् । रोसी रिड, एक १८ वर्षीया बेलायतकी समलिङ्गीले ब्रिस्टोल युनिभर्सिटीमा पढ्नका लागि १३ हजार ३ सय डलरमा आफ्नो कुमारित्व बेचेकी थिइन् । २ हजार मानिसहरुमाझ ४४ वर्षीय इन्जिनियर र सम्बन्धविच्छेद भइसकेका २ बच्चाका बाबुले उनको आह्वानलाई जिते । रोसीले पछि उक्त निर्णयमाथि पछुताएको बताउँदै घटनापछि उनी र उनका पार्टनर जेस क्यामरुन रोएको बताएकी छिन् । १८ वर्षकी पेरुकी मोडल ग्रेसीला यटाकोले आफ्नी बिरामी आमाको उपचार खर्च र सानो भाइको हेरचाहको लागि आफ्नो कुमारित्व लिलामीमा लगाइन् । लिलामीमा एक व्यक्तिले उनको भर्जिनिटिको मूल्य करिब १४ करोड रुपैयाँ लगाएका थिए । सन् २००८ मा बिग ब्रदर, इटालीबाट चर्चामा आएकी रफेला फिको नामकी मोडलले आफ्नो अभिनय कक्षाको फिका लागि भर्जिनिटिलाई २० करोड १६ लाख रुपैयाँमा लिलाम गरिदिइन् । रफेलले आफ्नो कहिले पनि प्रेमी नभएको बताएकी थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप