मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय

मरिसकेकी छोरीलाई जीवित गराउन एउटी आमाले गरिन् यस्तो उपाय

मङ्गलबार, ०४ साउन २०७३, १७ : ३६
मङ्गलबार, ०४ साउन २०७३
छोरीलाई कार दुर्घटनामा गुमाउनुको पिडा एउटी आमाको लागि असह्य हुन्छ । यद्यपी डेबी स्टोनरले आफ्नी सानी छोरीलाई जिवित बनाउनको लागि एउटा निकै साहसिक कदम उठाएकी छिन् । छोरीको अंगलाई उनले आफ्नै छोरीजस्तै अरु कसैलाई दिने निर्णय उनले गरिन् । पहिलो पटक डेबीले आफ्नो छोरीको मुटु प्रत्यारोपणपछि पुर्नजन्म लिएकी नेली माईलाई मात्र उनको मुटुको धड्कन सुन्नको लागि भेट्की छिन् । ‘पहिलो पटक मैले मेरी छोरी जेडको मुटुको धड्कन आफू गर्भवती हुँदा अल्ट्रासाउण्डमार्फत सुनेकी थिएँ,’ उनले भनिन् । ‘मलाई थाहा छ, यो मुटु जेडको होइन किनभने उनी हामीमाझ छैनन् तर यो उनको शरिरको भाग त हो नि,’ उनी भन्छिन् । ‘मैले मेरो जीवनको सबैभन्दा अमूल्य चीज गुमाएकी छु, तर उनी एक प्रकारले बाँचिरहेकी छिन् ।’ नेली–माई इभान्स जन्मजात कार्डियोमियोप्याथीबाट ग्रसित थिइन् । उनलाई यदि गम्भीर हृदयघात भए उनको मृत्यु निश्चित रहेको डाक्टरहरुले बताएका थिए । परिवारविहिन नेलीका लागि डाक्टरहरुले स्वयंसेवक धर्मसन्तान पाल्ने अभिभावक जेफ र सारा इभान्सलाई एक्लै नछोड्न आग्रह गरेका थिए ता कि उनले एक्लै मर्न नपरोस् । क्रम्बियाका इभान्स, ५३ र उनकी ४२ वर्षीय श्रीमतीले नेली–माइलाई आमा–बुवा नभएका कारण प्रत्यारोपण सूचीमा राख्न नमिल्ने डाक्टरहरुले भनेको सुनेका थिए त्यसकारण उनीहरुले छिट्टै नै आफ्नो धर्मपुत्रीको रुपमा नेलीलाई स्विकार गरे । सात वर्षीया जेड सवार रहेको बाइकलाई एउटा कारले ठक्कर दिँदा उनको घटनास्थलमा नै मृत्यु भएको थियो । डोर्सेट क्राइस्टचर्चमा बस्ने उनकी आमा र बुवा जोनले जेडको अंगदान दिने सोच बनाए जसका कारण अरु मानिसहरु जीवित हुन सकून् । चार व्यक्ति–दुई वयस्क र दुई बच्चा– ले जेडको अंग पाए । नेली–माई, ११, ले जेडको मुटु सन् २००६ मा पाएकी थिइन् । १० वर्षपछि उनले आफ्नो छोरीको मुटु भएको नेली–माइलाई भेटेकी हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप