पुरुष बनेर २५ वर्षीया युवतीसँग विवाह गर्ने महिला जेलमा
जकार्ता – पुरुष बनेर महिलासँग विवाह गर्ने एक इन्डोनेसियाली महिला प्रहरी खोरमा पुगेकी छिन् । उनीमाथि जालसाजीको आरोप लगाइएको छ । ४० वार्षीया शुरवातीले आफूले पुरुष बनेर धोका दिएको स्वीकार गरेकी छिन् ।
उनले मोहमद एफेन्डी सापुत्राक बनेर झुक्याउने गरेकी थिइन् । उनी आफू प्रहरी अधिकारीसमेत बताउने गरेकी थिइन् ।
पुरुषको रुप धारण गर्न र त्यस्तै हाउभाउ गर्न उनी यति खप्पिस थिइन्, उनले एक युवतीलाई प्रेमको जालमा फसाउन सफल भए । केही महिनाको रोमान्सपछि दुवैले विवाह गरे । यसरी फँस्नेमा २५ वर्षीया हेनियाती रहेकी छिन् ।
विवाह समारोहमा शंका नहोस् भनेर शुरवातीले केही पुरषहरुलाई साथीको रुपमा भाडामा समेत बोलाएकी थिइन् ।
हेनियातीलाई उनी पुरुष भएको पत्ता लगाउन केही महिना लागेको थियो । विवाह भएको लामो समय पनि यौनसम्बन्ध राख्न आनाकानी गरेपछि उनलाई आफ्नो पतिमाथि शंका लाग्न थाल्यो । पछि उनले घरमा शुरवातीको वास्तविक परिचय पत्र हात पारिन् । त्यसपछि प्रहरीलाई खबर गरेपछि शुरवातीलाई प्रहरीले पक्राउ गर्यो ।
उनी किन पुरुष बनिन् भन्ने हालसम्म नखुलेपनि उनी आफ्नो पहिलो विवाहबाट दुःखी रहेको बताइएको छ । उनको १७ वर्षको छोरा पनि रहेको बताइएको छ ।
इन्डोनेसियामा समलंगी विवाहलाई घृणाको रुपमा हेर्ने हुँदा उनले यस्तो कदम उठाएको हुन सक्ने बताइएको छ ।
उनलाई ७ वर्षसम्म कैद हुनसक्छ ।
केही समयअघि चीनमा एक पुरुषले महिलाबनेर यसरी नै झुक्याएको समाचार आएको थियो ।
स्रोतः द सन डेली
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि लामिछानेले किटान गरेका शत्रु काे–काे हुन् ?
-
यी हुन् रास्वपामा रवि लामिछानेले देखेका चुनौती
-
लामो समय लाइन बस्दा पनि उम्मेदवारी फारम नपाएपछि प्रतिनिधिहरू आक्रोशित
-
नेपाल शिक्षण संस्था सर्वेक्षण, २०८१ को नतिजा सार्वजनिक
-
पहिलोपल्ट अधिकांश पालिकामा छन् हाकिम, १८ मात्र निमित्तको भरमा
-
गृहमन्त्रीको अमलेटमा काँडा भेटिएको लर्ड्स होटललाई ३ लाख रुपैयाँ जरिबाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण