आइफोन फुटाउने चीनियाँ राष्ट्रवाद (भिडियोसहित)
बिहीबार, ०६ साउन २०७३, १४ : ४६
हेगस्थित अन्तर्राष्ट्रिय अदालतले दक्षिण चीन सागरमाथि चीनको केही पनि ऐतिहासिक दाबी नभएको र यसले फिलिपिन्सको सार्वभौम उल्लंघन गरेको टिप्पणी सार्वजनिक भएपछि चीनका नागरिकले एप्पल र केएफसीलाई बहिष्कार गरेका छन् । उनीहरुले आफ्नो देशको समर्थन गरेको भन्दै यसो गरेका हुन् ।
यस विषयमा खबर सार्वजनिक भएलगत्तै आइफोनलाई भाँचेको, टुक्राटुक्रा पारेको फोटो र भिडियो चीनियाँ सोसल मिडियामा सार्वजनिक हुन थालेका छन् । तर चीन र फिलिपिन्स बिचको द्वन्द्वमा अमेरिका र एप्पलको के गल्ती छ भन्ने सोच्दै हुनुहुन्छ होला । अमेरिका फिलिपिन्सको समर्थक रहेको र आइफोन अमेरिकाको मुख्य उत्पादनको रुपमा रहेकाले उनीहरुले आइफोनमाथि आफ्नो रिस फेरे ।
चीनियाँ नागरिकको एक समूहले जब मानिसहरुलाई आफ्नो दुश्मनलाई समर्थन गर्ने देशका सामानहरु प्रयोग नगर्न प्रोत्साहन गरेपछि मानिसहरुबिच आइफोन फुटाउने होडबाजी चलेको थियो । ‘आजैदेखि सबैले बहिष्कार गरौं । दक्षिण कोरिया, जापान, अमेरिका र फिलिपिन्समा बन्ने सामानहरु नकिनौं । त्यहाँ नघुमौं । म शीर्ष स्थानमा आएर लड्न त सक्दिनँ तर म एउटा मूर्ख नागरिक ठहर्नेछु जसले दुश्मनलाई गोली दिन्छ,’ एक मानिसले वेबोमा लेखे । वेबो ट्विटरको चीनियाँ भर्सन हो ।
साँच्चै चीनियाँ राष्ट्रवादलाई मान्ने भए आफ्नो महँगो आइफोन फुटाएर देखाउ भन्ने किसिमका मेसेजहरु पनि देखिएका थिए जसलाई धेरैजसो मानिसहरुले फलो गरे । मेसेजहरु जस्तै, ‘ तिम्रो आइफोन निकाल । यदि तिमी पक्का चीनियाँ होइनौ भने त्यसलाई फुटाउने छैनौ’ भन्ने मेसेजका कारण युवाहरुले आफ्ना फोन फुटाएको तस्बिर, भिडियो छ्यास्छ्यास्ती अनलाईनमा भेटिन थालेका छन् ।
यसले यतिसम्म समस्यामा पार्यो कि चीनियाँ समाचार एजेन्सी सिन्ह्वाले मानिसहरुलाई यसो नगर्नका लागि आह्वानसमेत गर्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि लामिछानेले किटान गरेका शत्रु काे–काे हुन् ?
-
यी हुन् रास्वपामा रवि लामिछानेले देखेका चुनौती
-
लामो समय लाइन बस्दा पनि उम्मेदवारी फारम नपाएपछि प्रतिनिधिहरू आक्रोशित
-
नेपाल शिक्षण संस्था सर्वेक्षण, २०८१ को नतिजा सार्वजनिक
-
पहिलोपल्ट अधिकांश पालिकामा छन् हाकिम, १८ मात्र निमित्तको भरमा
-
गृहमन्त्रीको अमलेटमा काँडा भेटिएको लर्ड्स होटललाई ३ लाख रुपैयाँ जरिबाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण