जलवायु परिवर्तन आईएस आतङ्ककारी जस्तै खतरनाक : अमेरिकाका विदेशमन्त्री
वासिङटन, ७ साउन - संयुक्त राज्य अमेरिकाका विदेशमन्त्री जोन केरीले इस्लामिक स्टेट (आईएस) समूह र केही अतिवादी समूहको आतङ्क जस्तै जलवायु परिवर्तन पनि विश्वको भविष्यका लागि अति खतरानाक भएको बताएका छन् ।
अस्ट्रियाको भियनामा शुक्रबार अन्तर्राष्ट्रिय जलवायु परिवर्तन सम्मेलनमा आतङ्कवादले सार्वजनिक रुपमा जसरी विश्वको ध्यानाकर्षण गरेको छ त्यसरी जलवायु परिवर्तनले ध्यान तान्न नसकेको बताए ।
अमेरिकी विदेशमन्त्री केरीले भने , हामीले यस बैठकमा छलफल गरिरहेको जलवायु परिवर्तनको एजेन्डा विश्वलाई आतङ्कवादबाट जोगाउन विश्वले गर्ने छलफल जस्तै महत्वपूर्ण विषय हो किनकी दुवै कुरा यस संसारको अस्तित्वका लागि गरिने प्रयास हुन् ।
सन् १९८७ को मन्ट्रिएल प्रोटोकलले जसरी क्लोरोफ्लोरो कार्बन र वायुमण्डलमा असर गर्ने अन्य स्रोतलाई नियन्त्रणका लागि गरेको सहमतिलाई कार्यान्वयनमा ल्याउन गरेका पहलप्रति प्रशंसा गर्दै बाँकी रहेका कामलाई आगामी दिनमा अघि बढाउनुपर्नेमा उनले जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधि सभाकाे विशेष समयमा कसले के भने ?
-
कर्मचारीहरूलाई छिटो स्वास्थ्य सेवा उपलब्ध गराउन मन्त्रालयमै स्वास्थ्य सेवा इकाई सञ्चालन
-
नागरिकलाई सुशासन र शासकीय सुधारको अनुभव गराउन सरकार प्रतिबद्ध : मन्त्री पाेखरेल
-
संसद्मा महान्यायाधिवक्ता र अख्तियारको वार्षिक प्रतिवेदन पेस
-
प्रतिनिधि सभामा राष्ट्रिय सेवा दल विधेयक पेस
-
राष्ट्रियसभाबाट आर्थिक विधेयक पारित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण