इन्डियादेखि इन्डोनेसियासम्मः कहाँका बेहुली राम्रा ? हेर्नुहोस् तस्बिरमा
आइतबार, ०९ साउन २०७३, १५ : ०३
संसारमा धेरै मानिसहरुको आफ्नै परम्परा, मूल्य मान्यता र संस्कृती हुन्छन् जसले यसैलाई आधार बनाएर जीवनयापन गर्ने गर्दछन् । यस्तैमा संसारका थुप्रै मानिसहरुले विवाह गर्ने परम्परा पनि भिन्न छ । कसैले विवाहमा पूरै सेतो लुगा लगाएर दुलही बन्छन् भने नेपाल र भारतमा बेहुलीको पहिरन योभन्दा ठ्याक्कै उल्टो छ । यहाँका दुलहीहरु शिरदेखि पाउसम्म पूरै रातो पहिरनले ढाकिएका हुन्छन् । कुनै देशमा त बेहुलीहरु रंगीचंगी पहिरनमा पनि देखिएका हुन्छन् भने कसैले आफ्नो जीवनको महत्वपूर्ण दिनमा अनुहारमा पेन्टसमेत गर्ने गर्दछन् ।
विभिन्न देशका बेहुलीको पहिरन शैली एक अर्कासँग पटक्कै मिल्दैन भन्दा पनि फरक नहोला । आज हामी तपाईंलाई यस्तै तस्बिरहरु पस्कँदैछौं जसले विभिन्न देशका बेहुलीहरुको प्रतिनिधित्व गर्दछ । तस्बिर हेरेर आफैंले छुट्याउनुहोस्, कुन देशका बेहुली राम्रा ।
रोमानियाकी एक बेहुली
भारतीय बेहुली
कोरियाः
कोरियाको सांस्कृतिक विवाहमा लगाइने लुगालाई ह्यान्बोक भनिन्छ । बेहुलीले लगाउने पहिरनमा एउटा विशेष ज्याकेट हुन्छ जसलाई ‘जियोगोरी’ भनिन्छ । यसमा हाइ वेस्ट र्याप स्कर्ट पनि रहेको छ ।
जापानः
जापानको पारम्परिक विवाहमा बेहुलीले पूरै सेतो लुगा लगाउँछिन् । किमोनो नामको यो सेतो लुगाले पवित्रता देखाउँछ । विवाह पछि धेरैजसो बेहुलीले रातो पहिरन लगाउँछिन् जुन सौभाग्यको प्रतिक हो ।
चीनः
चीन सांस्कृतिक रुपमा निकै धनी देश हो । चीनमा रातो रङको अर्थ दुष्ट आत्मालाई टाढा राख्ने रङको प्रतिक हो । त्यसकारण धेरैजसो विवाहमा लगाइने चीनियाँ पहिरन रातो रङको हुन्छ ।
नर्वेः
नर्वेमा हुने विवाहमा लगाइने पहिरनलाई बुनाड भनिन्छ । यो पहिरनलाई छोराछोरीको न्वारनमा पनि लगाउन सकिन्छ ।
रसियाः
रसियामा धेरैजसो चिसो हुने भएकाले न्यानो कपडा नै बेहुलीहरुको रोजाइमा पर्छन् । देशमा १८५ भन्दा बढि समूदाय छन् जसको आफ्नै विवाहको परम्परा छन् । रसियामा विवाह लगभग एक हप्तासम्म चल्ने गर्दछ ।
काजगिस्तानः
काजगिस्तानका बेहुली सबैले टाउकोमा ‘सौकेले’ लगाउने गर्दछन् । सौकेलेलाई महिलाहरु विवाहको लागि योग्य हुनेबित्तिकै बनाउन सुरु गरिन्छ ।
केन्याः
केन्याका बेहुलीलाई मोती र जनावरको खोलले बनेको रंगीचंगी नेकलेस लगाउन दिइन्छ ।
इन्डोनेसियाः
इन्डोनेसियामा १७ सयभन्दा बढि आइल्याण्ड छन् र विवाहको रितिरिवाज पनि आइल्याण्ड पिच्छे फरक हुन्छन् । विवाह हुनु तीन दिन अघि हुने वाला बेहुलीले मेहेन्दी लगाएर आफ्नो नङ र हात खुट्टामा चरा र फूलहरु बनाउने गर्दछन् ।
उज्बेकिस्तानः
यहाँ हुने विवाहमा बेहुलीले रंगीबिरंगी पहिरन लगाउने गर्दछन् ।
मोरोक्कोः मोरोक्कोमा विवाहलाई विशेष महत्व दिइन्छ र विवाहको तामझाम एक हप्तासम्म पनि लम्बिन्छ । मोरोक्कोको बेहुलीले सिल्क, सिफन र स्याटनको कपडा लगाउने गर्दछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि लामिछानेले किटान गरेका शत्रु काे–काे हुन् ?
-
यी हुन् रास्वपामा रवि लामिछानेले देखेका चुनौती
-
लामो समय लाइन बस्दा पनि उम्मेदवारी फारम नपाएपछि प्रतिनिधिहरू आक्रोशित
-
नेपाल शिक्षण संस्था सर्वेक्षण, २०८१ को नतिजा सार्वजनिक
-
पहिलोपल्ट अधिकांश पालिकामा छन् हाकिम, १८ मात्र निमित्तको भरमा
-
गृहमन्त्रीको अमलेटमा काँडा भेटिएको लर्ड्स होटललाई ३ लाख रुपैयाँ जरिबाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण