मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय

यी देशका कानून दैवले जानून्, थाहा पाउनुस् संसारका अचम्मका कानून

सोमबार, १० साउन २०७३, १३ : १४
सोमबार, १० साउन २०७३
कतै देश बाहिर घुम्न जाँदा तपाईंलाई साधारण लाग्ने काम त्यहाँको कानूनमा वर्जित हुन सक्छ । यसले तपाईंलाई अचम्मित र अप्ठेरो दुबै पार्न सक्छ । यस्तोमा आज हामी तपाईंलाई अचम्मका कानून बारे जानकारी दिँदै छौं जुन अहिले पनि संसारमा प्रचलित छ । फ्रान्समा एलियन्सको अनुहारजस्तो गुडिया बेच्नु कानून विपरित हो । मानिसहरुको स्वरुपभन्दा भिन्न रहेको मूर्ती बेच्न पनि यहाँ मनाही छ । थाइल्याण्डमा पैसालाई खुट्टाले टेक्न कानुनले दिँदैन । अमेरिकी राज्य लोवामा यदि तपाईंले जुंगा पाल्नुभएको छ भने सार्वजनिक ठाउँमा तपाईंले कुनै पनि महिलालाई चुम्बन गर्न सक्नुहुन्न । यस्तो गरेमा तपाईंले जेलको हावा खानुपर्छ । ओक्लाहोमामा कुकुरलाई नराम्रो अनुहार बनाएर डर देखाउनु कानून विपरित हो । समोआ देशमा आफ्नी श्रीमतीको जन्मदिन बिर्सनु कानुनी अपराध हो । साउदी अरबमा महिलाका लागि ड्राइभिङ र भोटिङ अहिलेसम्म पनि वर्जित छ । अमेरिकाको मिनोसोटा राज्यमा महिला र पुरुषको भित्री वस्त्र एउटै डोरीमा सुकाउन कानुनले रोकेको छ । फिलिपिन्स र भेटिकन सिटी दुई यस्ता देश हुन् जहाँ सम्बन्धविच्छेद कानुनी अपराध हो । सिंगापुरमा च्विङ्गम चपाउनु कानुनले दिँदैन । यो कानून सन् १९९२ देखि लागू गरिएको हो । जापानमा धेरै तौल हुनु पनि कानुनी अपराध हो । अमेरिकी राज्य उटामा आफ्नो काका–काकीको छोराछोरीसँग विवाहगर्न सकिन्छ तर ६५ वर्ष भइसकेपछि मात्र । ग्रिसका पुलिसलाई जो कोहीलाई पनि एचआइभीको शंका गरेर पक्राउ गर्ने अधिकार दिइएको हुन्छ । यति मात्र होइन, यहाँका पुलिसले रगत परिक्षण गराउन सक्छ र घर निकाला पनि गराउन सक्छ । थाइल्याण्डमा भित्री वस्त्र नलगाई बाहिर निस्कदाँ ६ सय डलर जरिवाना तिर्नुपर्ने हुन्छ । फिनल्याण्डमा ट्राफिक नियमलाई तोेडे आम्दानीको हिसाबले जरिवाना तिर्नुपर्ने हुन्छ । क्यानाडामा यदि तपाईंले १० डलरभन्दा बढिको सामान किन्नु भएको छ भने तपाईंले सिक्का दिन पाउनुहुन्न । मालदिभ्समा इस्लामबाहेक कुनै धर्मलाई प्रचार गर्न मनाही छ । बाइबल कुनै देशबाट मगाउन पनि कानूनी अपराध हो । बंगलादेशमा १५ वर्षभन्दा बढि उमेरका विद्यार्थीले चिट चोरेको पाइएमा जेल पठाइने प्रावधान छ । फ्रान्समा मृत व्यक्तिसँग विवाह गर्नु कानुनी अपराध हो । फ्लोरिडामा सम्बन्धविच्छेद भएका महिला आइतबार मध्यान्हपछि स्काइडाइभिङ गर्न पाउँदैनन् । अमेरिकी प्रान्त टेनेसीमा बारभित्र लोडेड बन्दुक लिएर जानु कानुनी अपराध हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप