मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय

गिनिज बुकमा दर्ता भएका उत्कृष्ट रेकर्ड

मङ्गलबार, ११ साउन २०७३, १३ : ३२
मङ्गलबार, ११ साउन २०७३
मानिसहरु आफ्नो नाम संसारसामू चिनाउन के के मात्र गर्दैनन् । कसैले आफ्नो ज्यानको बाजी राख्छन् भने कसैले आफ्नो नाम गिनिज बुकमा दर्ता गराउने अधिकार जन्मजात नै ल्याएको जस्तो देखिन्छन् । हुन त गिनिज बुक अफ वल्र्ड रेकर्डस्मा नाम लेखाउन सबैभन्दा भिन्न हुनैपर्छ । यद्यपी, आज हामी तपाईंलाई त्यस्ता मानिसबारे जानकारी दिँदै छौं जसले पुष्टि गर्छ कि यी मानिसहरु जस्ता छन् र जे गरे, त्यो अरु कसैले गर्नै सक्दैनन् । सबैभन्दा ठूलो स्तनः जर्जियाको एनी हकिंसको नाममा सबैभन्दा ठूलो स्तन भएको रेकर्ड छ । उनको ब्राको कपको साइज 102ZZZ हो । आफू १० वर्षको हुँदा देखि नै ब्रा लगाउन सुरु गरेको उनले बताएकी छिन् । थुप्रै रियालिटी शो मा भाग लिइसकेकी उनी एक मोडल हुन् । आफ्नो स्तनले आफूलाई अप्ठेरो पार्नुको साटो करियरमा सफलता हाँसिल गर्न सहयोग गरेको उनले बताएकी छिन् । उनलाई फेन्टसी मोडलको रुपमा चिनिन्छ । पानीमुनी चुम्बनः इटालीका मिशेल फुकेरिना र इलिसा लेजेरिनाले पनि अचम्मको रेकर्ड बनाएका छन् । उनीहरुले पानीभित्र ३ मिनेट २४ सेकेन्ड एक अर्कालाई चुम्बन गरेर गिनिज बुक अफ वल्र्ड रेकर्डमा आफ्नो नाम दर्ता गर्न सफल भए । ‘ म हुँ भ्याम्पायर’ मेक्सिकोकी मारिया जोस क्रिस्टेर्नाले आफ्नो शरिरको ४९ भागमा मडिफाई गरेकी छिन् । उनले आफ्नो टाउकोमा टाइटेनियमको सिङ र शरिरमा अनगिन्ती ट्याटुसमेत बनाएकी छिन् । यससँगै उनको नाम संसारको सबैभन्दा धेरै ‘बडी मोडिफाई’ गर्ने महिलाको रुपमा गिनिज बुक अफ वल्र्ड रेकर्डमा दर्ता छ । साढे चार फुट लामो खुट्टाः रुसकी स्वेटलाना पंक्राटोवाको उचाई ६ फिट ५ इन्चको छ जसमा उनको खुट्टा मात्र ४.५ लामो छ । कलेजमा बास्केटबल खेल्ने उनी अहिले महिला कोचको रुपमा महिलाहरुलाई बास्केटबल सिकाउँछिन् । उनलाई संसारको सबैभन्दा लामो खुट्टा भएको महिलाको उपमा गिनिज बुक अफ वल्र्ड रेकर्डले दिइसकेको छ । सबैभन्दा लामो जिब्रो भएका पुरुषः अमेरिकाको निक स्टोइबर्लको नाम सबैभन्दा लामो जिब्रो भएका पुरुषको रुपमा गिनिज बुक अफ वल्र्ड रेकर्डमा दर्ता छ । उनको जिब्रो ३.९७ इन्चको ।सन् २०१२ को नोभेम्बर २७ मा यससम्बन्धि पुष्टि गरिएको थियो । सर्वाधिक छाला तन्काउन सक्ने व्यक्तिः गेरी स्ट्रेच नामका आफ्नो छाला सबैभन्दा बढि तन्काउन सक्ने रेकर्ड छ । उनी आफू तीन वर्ष हुँदादेखि यस्तो गर्दै आइरहेको थिए । उनले आफ्नो छालालाई आफूले चाहेको जसरी तन्काउन सक्छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप