‘मन्त्रिपरिषद्मा एक तिहाइ महिला’को माग
बुधबार, १९ साउन २०७३, २२ : २०
ललितपुर -महिला अधिकारका क्षेत्रमा कार्यरत विभिन्न सङ्घसंस्था तथा सरोकारवालाले अब बन्न लागेको मन्त्रिपरिषद्मा कम्तीमा एक तिहाइ महिला हुनुपर्ने माग गरेका छन् ।
सञ्चारिका समूहले यहाँ आज आयोजना गरेको कार्यक्रममा विभिन्न अधिकारकर्मी, सरोकारवाला पक्ष र राजनीतिक दलका भगिनी सङ्गठनका प्रतिनिधिले संवैधानिक व्यवस्थाअनुसार मन्त्रिपरिषद्मा कम्तीमा एक तिहाइ महिलालाई सहभागी गराउन आग्रह गरेका हुन् ।
महिला सुरक्षा दबाब समूहकी अध्यक्ष साबित्री थापाले संविधान कार्यान्वयनका लागि पनि अब बन्ने मन्त्रिपरिषद्मा एक तिहाइ महिला हुनुपर्ने माग गर्नुभयो । उहाँले भन्नुभयो, “पहिले जसरी एक तिहाइको व्यवस्था संविधानमा गराउन हामी एक ठाउँमा थियौँ, अहिले त्यसरी नै कार्यान्वयनका लागि जुट्न खाँचो छ ।”
काँग्रेस निकट महिला सङ्घकी केन्द्रीय सदस्य विजया केसीले मन्त्रिमण्डलमा एक तिहाइ महिला पु¥याउन महिला सांसद नै एकजुट भएर दबाब दिनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो – “महिला सांसदले त्यति चासो दिएको हामीले पाएका छैनौँ ।” नेपाली महिलालाई अझै पनि प्रजातन्त्र नआएको उहाँको भनाइ थियो ।
गैरसरकारी संस्था महासङ्घकी पूर्वअध्यक्ष शर्मिला कार्कीले हरेक पटकको मन्त्रिपरिषद्मा दुई÷तीन जनामात्रै महिला हुनु दुर्भाग्यपूर्ण भएको बताउनुभयो ।
अधिकारकर्मीले मङ्गलबार नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)का नेतालाई भेटेर महिला सहभागिता अर्थपूर्ण बनाउन माग गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाह्र वर्षदेखि रोकिएको ढल्केबर–हेटौँडा ४०० केभी प्रसारण लाइन निर्माणको बाटो खुल्यो
-
संसदीय सुनुवाइ समितिले गलत व्यक्तिलाई अस्वीकार गर्न सक्नुपर्छ: आनन्दप्रसाद ढुंगाना
-
प्रविधि र सेवाको नमूना : कसरी स्मार्ट बन्दैछ ललितपुर महानगर ?
-
वास्तविकता बन्दैछ जिन सम्पादनबाट शिशुको जन्म
-
निर्वाचन आयोगजस्ता संवैधानिक निकायमा खुला प्रतिस्पर्धाबाट नियुक्ति गरौँ: पद्मा अर्याल
-
लालबन्दीमा गोली प्रहार गरी लुटपाटको प्रयास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण