आइतबार, २८ असार २०८३
ताजा लोकप्रिय

सुत्नु अघि यी १० काम गर्नुहोस्, तौल छिट्टै घट्छ

शनिबार, १८ भदौ २०७३, १६ : ३०
शनिबार, १८ भदौ २०७३
[caption id="attachment_76189" align="alignleft" width="840"] Diet?[/caption] आजकाल बढ्दो तौल मानिसहरुको चिन्ताको विषय बन्ने गरेको छ । तौल घटाउने अनेक तरिका अपनाएता पनि धेरैले यसमा सफलता पाएका हुँदैनन् । स्वस्थ जीवनयापनका लागि मानिसहरुले आफ्नो तौल नियन्त्रणमा राख्न जरुरी छ । भारतीय फिटनेस एक्सपर्ट तौसिफ खानले तौल घटाउन चाहने व्यक्तिले सुत्न पहिले निम्न कार्य गर्नुपर्ने सुझाएका छन् । १. दूधः सुत्नु पहिले एक ग्लास दुध पिउनुहोस् । यसमा पाइने क्याल्सियम र प्रोटिनले पाचन शक्तिलाई राम्रो बनाउँछ । यसले राम्रो निन्द्रा लाग्न सहयोग गर्छ भने तौल पनि घटाउन सहयोग गर्दछ । २. मरिचः रातीको खानामा कालो मरिचको प्रयोग गर्नुहोस् । यसमा बोसो पगाल्ने तत्व पाइनुका साथै यसले मेटाबोलिजम रेट पनि बढाउँछ जसले अतिरिक्त बोसो कम गर्न मद्दत गर्दछ । ३. दहीः नियमित रुपमा सुत्नुभन्दा पहिले एक कचौरा कम फ्याट भएको दही खानुहोस् । यसमा पाइने प्रोटिनले ‘मसल्स बिल्ड’ गर्नेछ र तौल घटाउन सहयोग गर्नेछ । ४. हिँड्नुहोस्ः सुत्नुभन्दा आधा घण्टा पहिले २० देखि ३० मिनेट हिँड्नुहोस् । यसले खाना पचाउन सहयोग गर्दछ र तौल घटाउन मद्दत गर्दछ । ५. ग्रिन टीः यसमा एन्टीअक्सिडेन्ट र क्याटेचिन्स हुने भएका कारण यसले मेटाबोलिजमलाई बढाउन सहयोग गर्दछ भने पेटको बोसो कम हुन थाल्छ त्यसकारण सुत्नु पहिले ग्रिन टी पिउनुहोस् । ६. कागती पानीः यसले शरिरको टक्सिन टाढा राख्छ जसले बोसो बढाउन दिँदैन । यसले पेटमा जमेको बोसो कम हुन्छ । ७. पाइनएप्पल र अदुवाको रसः यी दुबैले मेटाबोलिजमलाई सन्तुलन राख्छ र बोसो पगाल्न मद्दत गर्दछ । यसमा भिटामिन सि हुन्छ जसका कारण शरिरले पूर्ण रुपमा शक्ति पाउँछ । ८. एलोभेरा जुसः यसले शरिरमा फ्रि र्याडिकल्सको वृद्धिलाई कम गर्दछ जसले पेटको बोसो कम हुन मद्दत गर्दछ । ९. हरियो धनियाँको जूसः यो पिउँदा शरिरको टक्सिन टाढा हुन्छ र पेटको बोसो चाँडै कम हुन्छ । १०. काँक्रोको जुसः यसमा एन्टिअक्सिडेन्ट र एन्टी इन्फ्लामेटरी गुण हुन्छ जसले पेटको बोसो हटाउन सहयोग गर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप