भीम रावलको प्रश्न, ‘संविधान संशोधन केका लागि ?’
शुक्रबार, ३१ भदौ २०७३, १३ : ५२
भीमदत्तनगर । नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री भीमबहादुर रावलले संविधान संशोधनका विषयमा स्पष्ट धारणा आउनुपर्नेमा जोड दिएका छन् ।
बुद्धिजीवी परिषद् कञ्चनपुरले शुक्रबार भीमदत्तनगरमा आयोजना गरेको वर्तमान राष्ट्रिय राजनीति र संविधान कार्यान्वयनका चुनौती विषयक गोष्ठीमा उनले संविधान संशोधन केका लागि हो स्पष्ट पार्नु पर्ने आवश्यकता औंल्याए ।
‘संविधानको कुन धाराले कुन समुदाय, कुन जाती र वर्गको अधिकार कुण्ठित गरेको छ त्यस विषयमा स्पष्ट पारियोस् एमाले त्यसका लागि पछि हट्दैन,’ नेता रावलले भने ।
नेकपा एमाले नेतृत्वको सरकारले लोकप्रिय बजेट ल्याएपनि बाह्य शक्तिको चलखेलका कारण सरकार ढालिएको दाबी गर्दै उनले भने,‘अहिले पनि बाह्य शक्ति संविधान असफल बनाउनेतर्फ सक्रिय भएर लागेका बेला जनता चनाखो हुनुपर्ने बेला आएको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा प्रहरीद्वारा ‘स्वीप अपरेसन’
-
यूएफसी खेलका दौरान ह्वाइट हाउसमा आक्रमणको योजना विफल : राष्ट्रपति ट्रम्प र मस्कसहित उच्च अधिकारीहरू निसानामा
-
ट्राफिक कारबाहीमा एकैदिन १९ लाख ७७ हजार राजस्व सङ्कलन
-
मालिकाको दरवाङ–फूलबारी सडक स्तरोन्नति
-
पशुपतिको आरतीमा फिल्म प्रचार गरिएपछि ...
-
टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण