सोमबार, २९ असार २०८३
ताजा लोकप्रिय

मसलाबाहेक जिराका यस्ता ९ फाइदा

सोमबार, १० असोज २०७३, १३ : ०३
सोमबार, १० असोज २०७३

जिरालाई भान्सामा मसलाको रूपमा बढी प्रयोग गरिन्छ । यसले सब्जी स्वादिस्ट बनाई खानामा रुचि बढाउँछ । स्वाद मात्र नभएर यो बहुउपयोगी औषधि पनि हो । जिरासँग मिसाएर अन्य परिकार खाँदा धेरै रोगमा औषधिको काम गर्छ । 

-धेरै दिसा लागेमा

जिराको धुलो ५० ग्राम, सिदेनुनको धुलो ५० ग्राम र घ्यूमा फुराएको हिङ १० ग्रामको धुलो सबै मिसाएर मनतातो पानीसँग एक–एक चम्चा महमा मिसाएर दिनको तीन–चारपटक रोगअनुसार मात्रा मिलाई खाएमा दिसा धेरै लागेको ठीक हुन्छ ।

-स्त्री जातिको सेतो पानी आउने रोगमा

जिरा र मिश्री बराबर मिसाएर धुलो पार्ने र चौलानीसँग एक–एक चम्चा बिहान–बेलुका खाने गरेमा ठीक हुन्छ ।

-ज्वरो आएमा

जिरापानी पकाएर सख्खर हालेर चियाझैँ दिनमा तीन–चारपटक खाएमा ज्वरो हुन्छ । कुनै पनि साधारण दुखाइमा जिरालाई पानीमा पिनेर लेप लगाउने र तताएर दुखेको ठाउँमा लेप गर्नाले ठीक हुन्छ ।

-अण्डकोष बढेमा

यस प्रकारको रोगमा जिरा र मरिच पिनेर लेप बनाएर लगाउने गरेमा बिस्तारै ठीक हुँदै जान्छ ।

-आँखा पोलेमा,

बिझाएमा वा रातो भएमा जिरापानी पकाएर मनतातो पारी कपडा भिजाएर सेक्ने गरेमा ठीक हुन्छ ।

-खाएको नपच्ने भएमा मरिच,

सिदेनुन र जिरा बराबर पिनेर कागती हालेर लेदो अचार बनाउने र सिसीमा राख्ने । त्यसलाई बिहान र बेलुका खाना खानुअगाडि एक–एक चम्चा सेवन गरेमा केही दिनमै खाना नपच्ने, बान्ता हुने, दिसा लाग्नेजस्ता रोग ठीक हुन्छ र बिस्तारै खाना पनि रुच्दै जान्छ ।

-मुखमा पोतो वा दाग आएमा

जिरा, बोके जिरा, कालो तिल, सस्र्युं र रायो सबैको चूर्ण बराबर मिसाएर दूधमा फिटेर बेलुका सुत्ने वेलामा नित्य पोतो वा दागमा लगाउनाले ठीक हुँदै जान्छ ।

-रुघाखोकीको ज्वरोमा

एक टुक्रा दालचिनी एक चिम्टी सुठोको धुलो, पाँचवटा ल्वाङ, आधा चम्चा जिरा हालेर बेसरी उमालेर दिनमा तीनपटक काँडा बनाएर पिउने गरेमा ठीक हुन्छ ।

-दममा

मरिच, अदुवा र जिरा मिसाएर खुवाउँदा निमोनिया भएको र दम भएको मानिसलाई चाँडै ठीक गर्छ ।

नयाँ पत्रिकाबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप