महिनावारीको दुखाइमा पेनकिलर खानुहुन्छ कि हुँदैन ?
बिहीबार, २७ असोज २०७३, ०८ : ०२
डा. चन्दा कार्की
स्त्रीरोग विशेषज्ञ
महिनावारीका वेला पेट दुख्ने समस्याले अधिकांश महिला पीडित हुने गर्छन् । विवाहितामा नगन्य हुने यो समस्या अविवाहितामा भने धेरै हुन्छ । युवतीहरू दुखाइ खप्न नसकेपछि पेनकिलर सेवन गरिदिन्छन् । तर, महिनावारीको दुखाइ कम गर्न औषधि सेवन नगर्नु नै ठीक हुने स्त्रीरोग विशेषज्ञ डा. चन्दा कार्कीको
सुझाब छ :
तातोपानीले सेक्ने
हरेक महिलाले के बुझ्न जरुरी छ भने, महिनावारी हुँदा पेट दुख्नु एक स्वाभाविक प्रक्रिया नै हो । यस्तो वेला केही पीडा हुँदैमा आत्तिनु हुँदैन । हतारमा पेनकिलर सेवन गर्नु हुँदैन । दुखाइ कम गर्न केहीबेर सघाउने पेनकिलरले दीर्घकालीन असर गर्न सक्छ । पाठेघर निकै संवेदनशील अंग हो भन्ने कुरामा सधैँ चनाखो हुनुपर्छ । पीडा कम गर्न घरमै केही सामान्य उपायहरू अपनाउन सकिन्छ । मनतातो पानीले नुहाउँदा महिनावारीको पीडा विस्तारै कम हुन थाल्छ । तल्लो पेटमा हटब्यागले सेक्न पनि सकिन्छ । हटब्याग उपलब्ध छैन भने प्लास्टिकको बोटलमा मनतातो पानी राखी सुतीको कपडामा बेरेर सेक्न सकिन्छ । ५–६ घन्टापछि दुखाइ कम हुँदै जान्छ र आँफै ठीक हुन्छ ।
अधिकांशले गर्ने गल्ती
महिनावारी हुँदा पेट दुख्ने मुख्य कारक महिला आँफै हुने गरेको पाइन्छ । जानाजान गरिने केही गल्ती सच्याउन सक्ने हो भने अधिकांश महिलाले महिनावारीको दुखाइ कम गराउन सक्छन् । उचित खानपान र नियमित कसरत नगर्नु नै प्रमुख गल्ती हुन् । अहिलेका युवतीहरू जंक फुडमा धेरै लालायित हुने भएकाले महिनावारीका वेला पेट दुख्ने समस्या धेरै देखिने गरेको छ । फलफूल सेवनमा जोड गर्नुपर्छ । नियमित हिँड्डुल र व्यायम गर्नुपर्छ ।
जटिल भए चिकित्सककहाँ
खानपान र व्यायममा पनि ध्यान दिएको छ, पेट दुख्दा घरमै साधारण उपाय पनि अपनाएको छ, तर दुखाइ लामो समयसम्म कायम रह्यो भने चिकित्सकको परामर्श लिनुपर्छ । जटिल अवस्थामा पनि पेनकिलर भने सेवन गर्नु हुँदैन । दैनिक प्रक्रिया नै असहज बन्ने, रातभर निद्रा नलाग्नेजस्ता समस्या हुनुका पछाडि केही जटिल कारण हुन सक्छन् । पाठेघरको मुख सानो भएमा या पाठेघरको मुखमा मासु पलाएमा दुखाइ बढी हुन सक्छ । कतिपयलाई सानो अपरेसन गरेर पाठेघरको मुख खोल्नुपर्ने हुनसक्छ । मुख सानो भएको पाठेघरबाट सहज तरिकाले रगत बाहिरिन नसक्ने भएकाले दुख्ने गर्छ । पाठेघरमा मासु पलाएको तथा अन्य संक्रमण भएको अवस्था छ भने अवस्थाअनुसार उपचार गर्नुपर्छ । मासु पलाउने तथा संक्रमण हुने समस्या विवाहिता महिलामा बढी देखिन्छ ।
नयाँ पत्रिका
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतबाट कारमा लुकाएर ल्याइएको ३२९ ग्राम खैरो हेरोइनसहित तीन जना पक्राउ
-
नाटक ‘सेतो धरती’ हेरेपछि पूर्वराष्ट्रपति भण्डारीले के भनिन् ?
-
अर्जेन्टिना सेमिफाइनलमा पुगेपछि अनमोल केसीले यसरी साटे खुसीयाली
-
ओमानमा पनि ड्रोन आक्रमण
-
हरियो रङमै चल्ने भयो ‘ब्लु बस’, साउन १ गते नै सेवा आरम्भ हुनेमा आशङ्का
-
सडकको भवितव्य, समाजको न्याय र सहानुभूतिको आहुति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण