कसरत गर्दा सौन्दर्य बिगार्ने ६ गल्ती
सोमबार, ०१ कात्तिक २०७३, १३ : १२
फिटनेस सेन्टर गएर तथा घरमै या मर्निङवाक गरेर शारीरिक कसरत गर्ने बानी धेरैमा बढ्दै गएको पाइन्छ । सहरी क्षेत्रका युवा पुस्ता स्वास्थ्यका लागि शारीरिक कसरतमा अगाडि नै देखिएका छन् । शरीरलाई अधिक भार नपर्ने, तर पसिना छुट्ने गरी गरिएको नियमित कसरतले निकै फाइदा गर्ने चिकित्सकहरूले बारम्बार भन्ने गरेका छन् । तर, कसरतलाई स्वास्थ्यसँगै सौन्दर्यको पाटोमा जोडेर हेर्न पनि जरुरी हुने ब्युटिसियनहरू बताउँछन् । कसरतका वेला गरिने केही सामान्य गल्तीले अनुहारको छाला र कपालमा असर पुग्नसक्ने भन्दै ब्युटिसियन सुष्मा महराले सजग गराएकी छिन् । कसरतका वेला अनुहार र कपालमा असर पर्नसक्ने ६ गल्ती यस्ता छन्ः
गल्ती १
कसरत गर्ने समयमा फाउन्डेसन या कुनै पनि प्रकारको मेकअप गर्नु पूर्णतः गलत हुन्छ । फाउन्डेसन गरेर कसरत गर्दा छालाबाट निस्किने प्राकृतिक तेल र पसिना रोकिन पुग्छ । छालाभित्रबाट तेल र पसिनासँगै निस्किने टक्सिन आउन बन्द हुन्छ । यसले छालामा इन्फेक्सन गराउन तथा डन्डिफोर निम्त्याउन प्रमुख भूमिका खेल्छ । त्यसैले कसरत गर्नुअघि फाउन्डेसन प्रयोग नगर्नुहोस् । आवश्यक नै परे मस्चराइजर या आयल फ्री जेल लगाउन सकिन्छ । तर, आयली स्किनमा भने मस्चराइजर पनि गर्नु हुँदैन ।
गल्ती २
कसरतका वेला बढी नै मुख बिगार्नु तथा हाँस्नु पनि गल्ती हुन्छ । यसो गर्दा अनुहारको छालामा चाउरी पर्ने खतरा बढी हुन्छ । बोलेर तथा हा“स्दै कसरत गर्नेको अनुहारमा चाँडो चाउरी देखिन्छ । कसरतका वेला प्रेसर र पसिनाका कारण शरीरको छाला नरम भइरहेको हुन्छ । यस्तो वेला छाला तन्किने दर बढी हुन्छ । त्यसैले केही दबाब पर्नेबित्तिकै छाला अस्थिर हुनसक्छ ।
गल्ती ३
कसरतका वेला पसिना रोक्न तथा गन्ध कम होस् भन्नका लागि कतिपयले डियोडरेन्ट (गन्धनाशक साधन) प्रयोग गरेको पाइन्छ । यो गर्नु सरासर गलत हो । यसले छालाको छिद्र बन्द गराउन सक्छ । कसरतका वेला शरीरभित्रको विषाक्त पदार्थ बाहिर निस्किन पाउ“दैन ।
गल्ती ४
कसरतका वेला कपाल गुजुल्टो पार्नु पनि अर्को गल्ती हुन्छ । अहिलेको समयमा अधिकांशले स्ट्रेट तथा कर्ल गर्ने भएकाले कपालमा केमिकल हुन्छ । त्यसैले कपाल बटार्दा टुक्रिने डर हुन्छ । गुजुल्टो पारेर कसरत गर्दा पसिनाले बाफिएर कपाल झर्ने सम्भावना बढी हुन्छ । हल्कासँग पोनिटेल बनाएर तथा क्लिप मात्रै गरेर कसरत गर्नु कपालका लागि लाभदायी हुन्छ ।
गल्ती ५
कपाल गुजुल्टो पार्नु मात्रै होइन, कसरतका वेला कपाल खुला छोड्नु पनि गल्ती नै हुन्छ । कपाल खुला छोडेर कसरत गर्दा आयली स्किन भएकालाई बढी खतरा हुन्छ । कपालबाट चिपचिपसँगै झर्ने ब्याक्टेरियाले अनुहारको छालामा असर गर्छ । नियमित कसरत गर्नेलाई डन्डिफोरले सताउने एउटा कारण यो पनि हो । हेयर ब्यान्ड प्रयोग गर्दा कपालको चिपचिप अनुहारमा आउनबाट जोगिन्छ ।
गल्ती ६
कसरतका वेला पटक–पटक कपाल र अनुहारमा हात पुर्याइराख्नु पनि गलत काम हो । कपाल र अनुहारमा हात चलाइराख्दा कपालको ब्याक्टेरिया अनुहारमा आउने र इन्फेक्सन गराउने हुन्छ । विशेषगरी, फिटनेस सेन्टरमा कार्डियो मेसिन या अन्य तौलसम्बन्धी जिम गर्नेले यो सवालमा सचेत हुनु जरुरी हुन्छ । जिमका उपकरणमा ब्याक्टेरिया हुन्छन् । ती सामानको सम्पर्कमा रहने हातलाई अनुहारमा पुर्याउँदा छालामा असर पर्छ ।
नयाँ पत्रिका
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतबाट कारमा लुकाएर ल्याइएको ३२९ ग्राम खैरो हेरोइनसहित तीन जना पक्राउ
-
नाटक ‘सेतो धरती’ हेरेपछि पूर्वराष्ट्रपति भण्डारीले के भनिन् ?
-
अर्जेन्टिना सेमिफाइनलमा पुगेपछि अनमोल केसीले यसरी साटे खुसीयाली
-
ओमानमा पनि ड्रोन आक्रमण
-
हरियो रङमै चल्ने भयो ‘ब्लु बस’, साउन १ गते नै सेवा आरम्भ हुनेमा आशङ्का
-
सडकको भवितव्य, समाजको न्याय र सहानुभूतिको आहुति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण