शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

भोटिङबाट प्रदेश संसदीय दलको नेता छान्ने एमालेको निर्णय, संसदीय दलको नेता नै मुख्यमन्त्री

मङ्गलबार, १६ माघ २०७४, १३ : १३
मङ्गलबार, १६ माघ २०७४

काठमाडौं– नेकपा एमालेले प्रदेश संसदीय दलको नेता चयन सहमतिमा चयन गर्नुपर्नेमा जोड दिएको छ । सहमति नभए भोटिङमा भएर संसदीय दलको नेता चयन गर्ने एमालेले निर्णय गरेको छ ।  संसदीय दलको नेतामा चयन हुने नै माओवादी केन्द्रसँग भएको भागबण्डाअनुसार मुख्यमन्त्री बन्नेछन् । 

मंगलबार बसेको एमाले स्थायी कमिटी बैठकले  सकेसम्म सहमतिमार्फत प्रदेश संसदीय दलको नेता चयन गर्ने र सहमति हुन नसके भोटिङमार्फत टुंगो लगाउने निर्णय भएको एमाले उपाध्यक्ष बामदेव गौतमले बताए । 

माओवादी केन्द्रसँग मुख्यमन्त्रीमा भएको भागबण्डा अनुसार ४ प्रदेशमा एमालेले सरकार बनाउने छ । उपाध्यक्ष गौतमका अनुसार प्रदेश नम्बर १,३, ४ र ५ मा संसदीय दलको नेता चयन हुने नै मुख्यमन्त्री बन्नेछन् । एमाले प्रदेश नम्बर ५ को संसदीय दलको नेतामा नेता शंकर पोखरेल यसअघि नै चयन भइसकेकाले उनी मुख्यमन्त्री बन्ने पक्का भएको छ । तर, प्रदेश नम्बर १,३ र ४ मा  संसदीय दलको नेता चयन हुन नसक्दा को मुख्यमन्त्री बन्ने भन्नेमा टुंगो लागेको छैन  । 

 पार्टी कार्यालय धुम्बाराहीमा बसेको बैठकले प्रदेश सभामुखबारे सम्बन्धित प्रदेशले कार्यविधि तयार गर्ने र सोहि अनुसार अघि बढिने गौतमले बताए ।  यस्तै बैठकले राष्ट्रियसभामा पार्टीको तर्फबाट उम्मेदवार बनेकाहरुलाई जिताउन आन्तरिक सर्कुलर जारी गरेको छ भने उम्मेदवारलाई १८ गतेदेखि २१ गतेसमम्म प्रशिक्षण पनि दिइने भएको छ । 

बैठकले शेरबहादुर देउवा नेतृत्वको सरकारले मनपरि निर्णय गर्दै आएको भन्दै विरोध समेत गरेको छ ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण गिरी
कृष्ण गिरी

कृष्ण गिरी रातोपाटीका लागि राजनीति क्षेत्रको रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप