भोटिङबाट प्रदेश संसदीय दलको नेता छान्ने एमालेको निर्णय, संसदीय दलको नेता नै मुख्यमन्त्री
काठमाडौं– नेकपा एमालेले प्रदेश संसदीय दलको नेता चयन सहमतिमा चयन गर्नुपर्नेमा जोड दिएको छ । सहमति नभए भोटिङमा भएर संसदीय दलको नेता चयन गर्ने एमालेले निर्णय गरेको छ । संसदीय दलको नेतामा चयन हुने नै माओवादी केन्द्रसँग भएको भागबण्डाअनुसार मुख्यमन्त्री बन्नेछन् ।
मंगलबार बसेको एमाले स्थायी कमिटी बैठकले सकेसम्म सहमतिमार्फत प्रदेश संसदीय दलको नेता चयन गर्ने र सहमति हुन नसके भोटिङमार्फत टुंगो लगाउने निर्णय भएको एमाले उपाध्यक्ष बामदेव गौतमले बताए ।
माओवादी केन्द्रसँग मुख्यमन्त्रीमा भएको भागबण्डा अनुसार ४ प्रदेशमा एमालेले सरकार बनाउने छ । उपाध्यक्ष गौतमका अनुसार प्रदेश नम्बर १,३, ४ र ५ मा संसदीय दलको नेता चयन हुने नै मुख्यमन्त्री बन्नेछन् । एमाले प्रदेश नम्बर ५ को संसदीय दलको नेतामा नेता शंकर पोखरेल यसअघि नै चयन भइसकेकाले उनी मुख्यमन्त्री बन्ने पक्का भएको छ । तर, प्रदेश नम्बर १,३ र ४ मा संसदीय दलको नेता चयन हुन नसक्दा को मुख्यमन्त्री बन्ने भन्नेमा टुंगो लागेको छैन ।
पार्टी कार्यालय धुम्बाराहीमा बसेको बैठकले प्रदेश सभामुखबारे सम्बन्धित प्रदेशले कार्यविधि तयार गर्ने र सोहि अनुसार अघि बढिने गौतमले बताए । यस्तै बैठकले राष्ट्रियसभामा पार्टीको तर्फबाट उम्मेदवार बनेकाहरुलाई जिताउन आन्तरिक सर्कुलर जारी गरेको छ भने उम्मेदवारलाई १८ गतेदेखि २१ गतेसमम्म प्रशिक्षण पनि दिइने भएको छ ।
बैठकले शेरबहादुर देउवा नेतृत्वको सरकारले मनपरि निर्णय गर्दै आएको भन्दै विरोध समेत गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा सांसदले आफन्तलाई स्वकीय सचिव राख्न नपाउने, खुला प्रतिस्पर्धाबाट छानिने
-
मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा
-
चार लेनमा विस्तार भएपछि यस्तो देखियो पोखराको हरिचोक–याम्दी सडक (तस्बिरहरू)
-
काठमाडौँ उपत्यकासहित २९ जिल्लामा आकस्मिक बाढीको जोखिम
-
जनयुद्धकालमा म्याग्दी कारागारबाट फरार पुर्जा २२ वर्षपछि पक्राउ
-
ट्रम्पको हस्तक्षेपमा रातो कार्ड निलम्बन : फिफामा उजुरी दिने नर्वेको तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण