आइतबार, २८ असार २०८३
ताजा लोकप्रिय

श्रीमान्–श्रीमतीको सम्बन्धमा तनाव छ ? अपनाउनुस् यी वास्तु टिप्स

बिहीबार, १८ कात्तिक २०७३, १० : २८
बिहीबार, १८ कात्तिक २०७३
यदि श्रीमान श्रीमतीको सम्बन्धमा तनाव छ भने यसमा तपाईं दुबैको गल्ती नभई तपाईंको घरको वास्तुदोष जिम्मेवार हुनसक्छ । वास्तुको हिसाबले घरमा राखिएको हरेक कुरा तपार्ईंमाथि सकारात्मक र नकारात्मक प्रभाव पार्नेछ त्यसकारण तपाईं वास्तुका केही तरिका अपनाउनुहुन्छ भने बिग्रिरहेको श्रीमान्–श्रीमतीको सम्बन्धलाई पुनः सुमधुर पार्न सक्नुहुन्छ । बेडरुम लोकेसनः बेडरुम सधैं दक्षिण पश्चिम वा उत्तर पश्चिम दिशातर्फ हुनुपर्छ । यसले पार्टनरबिच माया र एक अर्कालाई बुझ्ने क्षमताको विकास गर्दछ । उत्तर पूर्व र दक्षिण पूर्ण दिशामा रहेको कोठालाई कुनै पनि हालतमा बेडरुम बनाउनु हुँदैन । कुन दिशामा सुत्नेः विवाहित जोडीले जहिले पनि दक्षिणतर्फ टाउको देखाएर सुत्नुपर्छ । दक्षिणतर्फबाट प्रवाह हुने सकारात्मक चुम्बकीय ऊर्जा निन्द्रा र रक्त संचारमा बाधा नपुर्याईसजिलै शरिरमा प्रवेश गर्दछ । बेडको सामग्रीः विवाहित जोडी सुत्ने बेड कहिले पनि मेटल र फलामको हुनुहुँदैन । जोडीबिचको तनाव कम गर्न काठको बेड प्रयोग गर्नुहोस् । बेड नियमित आकारको हुन आवश्यक छ । बेडरुममा कस्तो रङ लगाउने ? बेडरुममा सधैं हल्का रङको प्रयोग गर्नुहोस् जस्तै हल्का निलो, हल्का हरियो, गुलाबी । बेडको कुन साइडमा सुत्ने ? श्रीमती जहिले पनि बायाँ साइडमा सुत्नुपर्छ भने श्रीमान् भने दायाँ पट्टी सुत्नुपर्छ । यसले दुईजनाबिच निकै सुमधुर सम्बन्ध कायम गर्न सहयोग गर्दछ । एउटा मात्र म्याट्रेस प्रयोग गर्नुहोस्ः डबल बेडमा एउटा मात्र म्याट्रेस प्रयोग गर्नुहोस् । विवाहित जोडीले डबल म्याट्रेस प्रयोग गर्नबाट जोगिनुपर्छ । यसले विवाहित जोडिमा सकारात्मकता फैलाउन सहयोग गर्दछ । बेडरुममा इलेक्ट्रिक ग्याजेटको प्रयोग नगर्नुहोस्ः बेडरुममा इलेक्ट्रिक ग्याजेटको प्रयोग नगर्नुहोस् । यदि बेडरुममा इलेक्ट्रोनिक्स राखिएका छन् भने पनि बेडभन्दा निकै पर राख्नुहोस् । यी ग्याजेटबाट निस्कने इलेक्ट्रो म्याग्नेटिक वेभले निन्द्रामा समस्या निम्त्याउँछ भने पार्टनरबिचको सम्बन्धलाई पनि बिगार्छ । वास्तुका अन्य टिप्स आफ्नो बेडरुममा दुई सुन्दर गमला राख्नुहोस्, यसले तपाईंको वैवाहिक सम्बन्ध सुखमय हुनेछ । आफ्नो कोठालाई सधैं सजाएर राख्नुहोस्, यसलाई फोहोर हुन नदिनुहोस् । प्रेम बढाउनका लागि सेरामिकले बनेको विन्ड चार्मको प्रयोग गर्नुहोस् । बेडरुममा सूर्यको प्रकाश व्यवस्था यस्तो हुन आवश्यक छ कि प्रकाश सिधा बेडमा नपरोस् । प्रकाश पछाडि वा बायाँपट्टीबाट आउनुपर्छ । वास्तुका अनुसार बेडरुममा ऐना बेडको ठिक अगाडि नराख्नुहोस् ता कि सुत्नेबेला कसैको प्रतिबिम्ब ऐनामा नदेखियोस् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप