आइतबार, २८ असार २०८३
ताजा लोकप्रिय

यी हुन् बाइक चलाउने सुरक्षित तरिका

बिहीबार, १८ कात्तिक २०७३, १२ : ३२
बिहीबार, १८ कात्तिक २०७३
मोेटरबाइकचालकहरू कुनै पनि वेला सामान्य गल्तीले पनि ठूलै दुर्घटनामा पर्न सक्छन् । त्यसैले पनि चालकले आफ्नो सुरक्षाको सवालमा कुनै पनि सम्झौता गर्नु हुँदैन । बाइकचालकलाई आवश्यक पर्ने केही सामान्य सुरक्षाका उपायहरू यस्ता हुन सक्छन् : बाइकचालकले हेल्मेट प्रयोग गर्दा सम्झौता गर्नु हुँदैन । हेल्मेट खरिद गर्दा कस्तो कच्चापदार्थले बनेको हो, ध्यान दिनुपर्छ । हेल्मेट टाउकोमा मिल्ने खालको, तर सस्तो पायो भन्दैमा जहाँ पायो त्यहीँ किन्नु पनि हुँदैन । यदि तपाईं दुईवटै ब्रेकको प्रयोग गरेर मोटरसाइकल रोक्न सक्नुहुन्छ भने तपाईं सफल चालक हुनुहुन्छ । सुरक्षाका दृष्टिकोणले पनि यो कला महत्वपूर्ण छ । बाइक चलाउँदै गर्दा गतिलाई भने विशेष ध्यान दिनुपर्छ । अन्यथा, सानो गल्तीले पनि ठूलो दुर्घटना निम्तिन सक्छ । सडक र नियमानुसार बाइकको गति कायम राख्नु बुद्धिमानी हुन्छ । हरेक मेसिनरी सामग्रीको निश्चित सीमा हुन्छ । सो सीमा नाघेर मानिस तथा मेसिन पनि अगाडि बढ्नु हुँदैन । त्यसैले सडकमा धैर्य कायम गरेर आरामका साथ अगाडि बढ्नुपर्छ । हडबडी या हतार गर्नु जरुरी छैन । अगाडि तथा दायाँ–बायाँको सवारीसाधनसँग निश्चित दूरी कायम राख्नुपर्छ । ट्राफिक जामको वेलामा पनि वरिपरिको परिस्थिति बुझ्नुपर्छ । कुनै पनि सवारीसाधनको धेरै नजिक नजानु नै राम्रो हुन्छ । कुनै स्थानमा रोक्नु वा मोड्नु छ भने त्यसको सूचना सही समयमा नै दिनुपर्छ । लेनमा आफ्नो दिशा अचानक परिवर्तन गर्नु हुँदैन । ट्राफिकलाई आफ्नो अगाडिको गन्तव्यको बारेमा इन्डिकेटर वा हातले पनि जानकारी दिनुपर्छ । धेरैजसो नदेखिने मोडहरूमा दुर्घटना हुने गर्छ । त्यसैले हतारमा ओभरटेक गर्नु हुँदैन । विशेषगरी, जब ठूला सवारीसाधनको अगाडि बढ्नु छ भने ख्याल राख्नुपर्छ । मोटरसाइकल खरिद गर्दा आफ्नो आवश्यकतालाई ध्यानु दिनुपर्छ । सबै व्यक्तिले फरक–फरक गतिमा आफूलाई आरामदायी तथा सहज अनुभव गर्छन् । त्यसैले आफ्नो आवश्यकता तथा कुशलताअनुसारको क्षमता भएको बाइक किन्नुपर्छ । एन्टिलक ब्रेकिङ सिस्टमले धेरै दुर्घटनाबाट जोगाउँछ । त्यसैले सवारीसाधन खरिद गर्दा एन्टिलक ब्रेकिङ सिस्टम जडान गर्नु उत्तम हुन्छ । मोटरसाइक चलाउँदा लगाउने लुगामा पनि विशेष ध्यान दिनुपर्छ । कुनै दुर्घटना भएमा शरीर जोगाउने बाइक किट प्रयोग गर्नु राम्रो हुन्छ । नयाँ पत्रिकाबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप