जाडो मौसममा बच्चालाई निमोनयाले च्याप्न सक्छ, कसरी जोगाउने ? पढ्नुहोस्, बालरोग विशेषज्ञ मीनराज पाठकका टिप्स
काठमाडौं– जाडोयाम सुरु भएसंगै बच्चामा रुघाखोकी र निमोनियाले बढी संक्रमण गर्दछ । साधारण सावधानीले बच्चालाई निमोनियामाट जोगाउन सकिन्छ । तर, समयमै सावधानी नअपनाउदा निमोनियाकै कारण धेरै बच्चाहरुले ज्यान गुमाउने गरेका छन् । बरिष्ठ बालरोग विशेषज्ञ डाक्टर मीनराज पाठकसँग रातोपाटीकर्मी सर्मिला थापाले निमोनियाबाट बच्चालाई जोगाउने उपाय खोजेकी छिन् ।
निमोनिया के हो ?
–श्वासप्रश्वास प्रणालीको महत्वपूर्ण अंग फोक्सोमा विभिन्न कारणले संक्रमण हुने अवस्थानै निमोनिया हो ।
निमोनिया हुने प्रमुख कारण हुन् –बच्चामा रोधप्रतिरोधात्म क्षमता कम हुने र अधिकांश अवस्थामा विभिन्न भाइरसहरुले संक्रमण गर्दा निमोनिया हुन्छ ।
–विशेष गरेर Respiratory Syncytial Virus, Adenovirus, Rhino virus, Influenza, Para Influenza Virus आदिको संक्रमणले निमोनिया गराउँछ ।
–फोक्सोमा क्षयरोग दम तथा एलर्जी हुदा पनि निमोनिया जस्तै लक्ष्ण देखिन्छ ।
यी हुन् निमोनियाका लक्षण –ज्वारो आउने –खोकी लाग्ने –श्वास फेर्न अप्ठ्यारो हुने –श्वासप्रश्वास छिटोछिटो हुने् –कोखा हान्ने –कहीले काही खकारमा रगत देखा पर्ने –कडा खालको निमोनिया भए बच्चालाई श्वास प्रश्वासमा गाह्रो हुने –र ओठ र जिब्रो निलो देखिनु
अभिभावकले अपनाउनपर्ने सावधानी –सामान्यतया बच्चाको जन्मदेखि २ महिना सम्मको अवधिमा प्रतिमिनेट श्वासप्रश्वासको गति ६० भन्दा बढी भएमा –६ महिनादेखि १ वर्षसम्म प्रतिमिनेट ५० भन्दा बढी भएमा –र १ बर्षदेखि ५ वर्षसम्म प्रतिमिनेट ४० भन्दा बढी गति भएमा बच्चालाई निमोनिया भएको बुझ्नुपर्छ ।
बेलैमा निमोनियाको उपचार नभए बच्चामा अलपकालिन तथा दीर्घकालीन गम्भीर समस्या सृजना हुन् सक्छ । जस्तै : –फोक्सो वरीपरी पानी भरिने –फोक्सो वरीपरी पिप भरिने –फोक्सो वरीपरी हावा भरिने –फोक्सो वरीपरी हावा भरिने जुन बच्चाको लागि अत्तिनै नराम्रो हो ।
निमोनियाबाट बच्चालाई यसरी बचाउन सकिन्छ –रुघाखोकी लागेको व्यक्तिबाट टाडै राख्ने –परिवारकै सदस्यलाई रुघाखोकी लागे सम्भव भएसम्म माक्सको प्रयोग गर्ने –धुलोधुवावाट टाडै राखी न्यायो पार्ने तर न्यायो पार्दा पसिना आउन गरि नगर्ने –रुघा खोकी लागेको बेला प्रर्याप्त मनतातो झोलिलो कुरा खुवाउने –धुम्रपानको धुवाबाट सधै टाढा राख्ने –निमोनिया गराउने प्रमुख व्याक्टेरिया विरुद्ध खोप लगाउने –बच्चालाई पोषिलो खाना दिने –समयअनुसार खोप लगाउने –नियमित स्वास्थ्थ परीक्षण गराउने –६ महिनासम्म स्थानपान गराउनेखबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागलुङ बजारका धारामा दशकौँदेखि धमिलो पानी
-
१० बजे १० समाचार : गणेश नेपालीको परिवारसँग ९ बुँदे सहमति, संविधान संशोधनमा बिच्किए पुराना दल
-
रवि–बालेन भेट : आत्मदाह घटनादेखि सुकुमबासी व्यवस्थापनबारे छलफल
-
फेरान टोरेसको पीएसजी स्थानान्तरण चर्चा
-
भाषा र संस्कृति संरक्षणमा जुट्दै तनहुँका गुरुङ समुदाय
-
कीर्तिपुरका सुकुमबासी खरिपाटीमाः गाँसको टुंगो छैन, बालबालिकाको बिजोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण