आइतबार, २८ असार २०८३
ताजा लोकप्रिय

महिलाको शरीरमा किन आउँछ पुरुषको जस्तो रौँ ?

शनिबार, २० कात्तिक २०७३, १५ : ५७
शनिबार, २० कात्तिक २०७३

१. महिलामा टेस्टोस्टेरोन हर्मोनको उत्पादन बढी भयो भने शरीरका विभिन्न भागमा पुरुषको जस्तै बाक्ला रौँँ आउँछन् ।  टेस्टोस्टेरोन हर्मोनलाई पुरुष हर्मोन पनि भनिन्छ । पुरुषमा बढी हुने यो हर्मोन महिलामा पनि केही मात्रामा हुन्छ । महिलामा यसको मात्रा बढ्न गयो भने पुरुषमा जस्तै रौँ पलाउन थाल्छन् । टेस्टोस्टेरोन हर्मोन बढ्दा महिलामा दाह्रीजुँगा आउने, छाती तथा यौनांगमा धेरै रौँ आउने हुन्छ ।

२.  पोलिसिस्टिक सिन्ड्रोमका कारण पनि महिलाको शरीरमा पुरुषमा जस्तो रौँ देखा पर्छन् । महिलाका सेक्स हर्मोन एस्ट्रोजिन र प्रोजेस्टेरोनको सन्तुलन गुम्नुलाई पोलिस्टिक सिन्ड्रोम भनिन्छ । यसले महिलाको महिनावारी प्रक्रिया, गर्भधारणलगायतमा त असर पार्छ नै अनावश्यक रौँ पनि उमार्न भूमिका खेल्छ ।

३. महिलाको डिम्बाशयमा कुनै ट्युमर छ भने पनि शरीरमा धेरै रौँ उम्रिने हुन सक्छ । ट्युमरको असर रौँमा देखिएको हुन सक्छ ।

४.  पेटमा एड्रिनल भन्ने ग्रन्थी हुन्छ । यो मिर्गौलाको माथिपट्टि हुन्छ । यस ग्रन्थीले डिएचइएएस नामको अर्को हार्मोन बढी निकालेमा पनि महिलाको शरीरमा धेरै रौँ आउने हुन्छ ।

उपचार

महिलाको शरीरमा बढी रौँ उम्रिने समस्या देखिएमा दुई किसिमले उपचार गर्न सकिन्छ । एउटा हार्मोनल उपचार हो भने दोस्रो लेजर उपचार । एउटा मात्रै उपचार गरेर समस्या समाधान हुँदैन । लेजर प्रविधिद्वारा रौँ हटाइसकेपछि हार्मोनको पनि उपचार गर्नुपर्ने हुन्छ । उपचारपछि हार्मोनको असर देखिन ५–६ महिना लाग्छ । ट्युमरको समस्या हो भने बेग्लै उपचार आवश्यक पर्छ ।

नयाँ पत्रिकाबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप