के हो मुलुकभर फैलँदै गरेको डेंगु, कसरी बच्ने ?
हाल नेपालको विभिन्न भू–भागमा डेंगु महामारीको रूपमा फैलँदै गरेको छ । यो वर्ष तराईका धेरै जिल्लामा र केही पहाडी जिल्लामा समेत डेंगु फैलिरहेको छ । समयमै यस रोगको रोकथामको बारेमा नसोचिँदा र जनचेतनाको आभावले हरेक वर्ष यो महामारीकै रूप लिने गरेको छ । के हो डेंगु ? विश्वमा लामखुट्टेको टोकाईबाट अति नै शीघ्र फैलने भाइरसको संक्रमणबाट हुने रोग मध्येको रोग हो डेंगु । यो Flavivirus अन्तर्गत पर्ने Dengue virus नामको जीवाणुले गर्दा लाग्छ । यो भाइरसको चार ओटा सेरोटाइप्स -DEN–1,2,3,4_ जसअन्तर्गत थुप्रै जेनोटाइप्स छन् । विश्वभर नै यस रोगको फैलावट भए पनि एसिया खास गरी भारत र नेपालमा पछिल्लो समयमा यो रोग इन्डेमिक भएको छ । कसरी लाग्दछ डेंगु एडिज इजिप्टाइ जातको लामखुट्टेले डेंगु भएकालाई टोकेर अरूलाई टोकेमा यो रोग सर्छ । पानी जम्ने ठाउँ, साना खाल्डाहरूमा सफा पानी धेरै दिनदेखि जमेर बसेको भए यस्ता ठाउँहरूमा यो लामखुट्टेले अण्डा पार्छ । उक्त प्रजातिका लामखुट्टेले साँझपख मानिसहरूलाई टोक्ने गर्छ । यो लामखुट्टेको खुट्टामा सेतो मार्किङ र ढाडको माथिल्लो भागमा वीणा आकारका मार्किङ रहेको हुन्छ, जुन अरू प्रजातिका लामखुट्टेमा पाइँदैन । लक्षण सुरुमा बिरामीहरूमा टाउको दुख्ने, रिँगाटा लाग्ने, जिउ दुख्ने, हात दुख्ने, आँखाको गेडी दुख्ने, जोर्नीहरू दुख्ने, बान्ता हुने, सामान्य ज्वरो आउने र आलस्यता हुने जसता लक्षण देखिन्छ । साथै नाकबाट रगत आउने, दिसामा रगत आउने तथा कालो दिसा हुने, रगतमा पानीको मात्रा कम हुने, प्लेटेलेट्सको सङ्ख्या एक लाखभन्दा कम हुने, रक्तचाप कम हुने पनि हुन्छ । अधिकांश रोगी सामान्य उपचार पछि निको हुन्छ । यस रोगको तीन ओटा चरण देखिन्छ । क्लासिक डेंगु ज्वरो, डेंगु हेमोरेजिक ज्वरो र डेंगु शक सिन्ड्रोम । क्लासिक डेंगु सामान्य प्रकारको डेंगु हो, यो आफैँ निको हुन्छ तर डेंगु हेमोरेजिक ज्वरो वा डेंगु सक सिन्ड्रोम भएको छ भने यसको सही र समयमै उपचार नगरे मृत्युसमेत हुन सक्छ । कसरी गरिन्छ परीक्षण ? यसको परीक्षण गर्न बिरामीको रगत तथा सेरमको नमुना लिने गरिन्छ । विभिन्न कोषमा कल्चर गरेर कीट तथा सेरोलोजिकल टेस्ट जस्तै ःMacELISA, HAI, IgG ELISA आदि गरेर प्रयोगशालामा सजिलै रोगको पहिचान गर्न सकिन्छ । यस रोगका लक्षण देखिना साथ तुरुन्तै अस्पताल गएर परीक्षण गर्नुपर्छ । नेपालका सबै सरकारी अस्पतालमा यसको परीक्षण निःशुल्क गरिन्छ । निदानका उपाय यस रोगको अहिलेसम्म कुनै खास औषधि तथा सुई खोप उपलब्ध छैन । आराम गर्ने, प्रशस्त पानी पिउने तथा ज्वरोको औषधि सेवन गर्ने, रगत बगेको अवस्थामा प्राथमिक उपचार गरेर जति सक्दो चाँडो अस्पताल पुग्नु पर्छ । रोकथामका उपाय रोग लगेर उपचार गराउनुभन्दा रोग लग्न नदिनु नै बुद्धिमानी भनेझैँ रोग लाग्नबाट बच्ने उपाय समयमै अपनाउनुपर्छ । मुख्यतयाः यसबाट बच्न लामखुट्टेको टोकाईबाट बच्नुपर्छ । तसर्थ आफ्नो घर सफाइ गर्नु र घरमा पानि जम्ने खाल्टाखुल्टी पुर्नुपर्छ । साथै लामखुट्टेको टोकाईबाट बच्न झुलको प्रयोग गर्ने वा लामखुट्टे धूप वा क्रिम प्रयोग गर्नु झ्याल ढोकामा जाली राख्नु आवश्यक छ ।
नलाङ– ३ काम्दी, धादिङ
M.sc medical microbiology]
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नाटक ‘सेतो धरती’ हेरेपछि पूर्वराष्ट्रपति भण्डारीले के भनिन् ?
-
अर्जेन्टिना सेमिफाइनलमा पुगेपछि अनमोल केसीले यसरी साटे खुसीयाली
-
ओमानमा पनि ड्रोन आक्रमण
-
हरियो रङमै चल्ने भयो ‘ब्लु बस’, साउन १ गते नै सेवा आरम्भ हुनेमा आशङ्का
-
सडकको भवितव्य, समाजको न्याय र सहानुभूतिको आहुति
-
राजधानीको प्यास मेटाउने सुन्दरीजलमा नै खानेपानी अभाव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण