शनिबार, २७ असार २०८३
ताजा लोकप्रिय

जान्नुहोस्, लसुन, प्याज खानाले यस्तो हुन्छ फाइदा...

बिहीबार, १६ मङ्सिर २०७३, १३ : २०
बिहीबार, १६ मङ्सिर २०७३
अधिकांशको भान्सामा लसुन, प्याज प्रयोग हुन्छ । धेरैलाई लसुन, प्याज प्रयोगको गर्दा स्वादिष्ट खानाका लागि मात्र भन्ने हुनसक्छ । तर हैन, लसुन, प्याज भनेको स्वास्थ्यका लागि अति लाभदायक हुन्छ । लसुन, प्याज खानुका फाइदा यस्ता छन् : लसुन खाँदाका फाइदा : –लसुन धेरै रोगको घरेलु औषधि हो, –यसले उच्च रक्तचापलाई सन्तुलनमा राख्छ, –मुटुसम्बन्धी रोगबाट जोगाउँछ, –आन्द्रा सफा राख्छ, –कलेजो र पिसाबथैली शुद्ध बनाउछ, –ग्यास्ट्रिक वा पेटसम्बन्धी रोग हुनेले खाली पेटमा लसुन खाँदा एसिड दिँदैन्, पाचन प्रणाली राम्रो बनाउँछ । –डायबेटिज भएका मानिसको रगतमा सुगरको सन्तुलन राख्छ । प्याज खानुका फाइदा : –प्याज सलादका रुपमा प्रयोग गर्दा वा प्याजको रस पिउँदा गर्मीमा लाग्ने लूबाट बच्न सकिन्छ । – पिसाब रोकिने समस्या भएकालाई प्याजको रस पिउनु अति उपयोगी हुन्छ । – नियमित प्याज खाँदा पाचन रस उत्पादन हुन्छ । जसले खानेकुरा राम्रोसँग पच्छ । – शरीरको कुनै अङ्ग सुन्निएको वा दुखेको छ भने प्याजको रस लगाउँदा सुन्निएको घट्ने र दुखाइ कम हुन्छ र थप सङ्क्रमण हुनबाट बचाउँछ । –काँचो प्याज खाँदा स्टोनको समस्या भएकालाई धेरै हदसम्म फाइदा पुग्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप