क्षयरोगबाट कसरी बच्ने ?, विशेषज्ञ डाक्टरको टिप्स
विश्वमा मात्र होइन नेपालमा पनि क्षयरोगका बिरामी बढिरहेका छन् । यसको प्रमुख कारण खानपानमा ध्यान नदिनु र विलाशी जीवन शैली अपनाउनु हो । यो रोग के हो ? र कसरी लाग्छ विशेषज्ञ डाक्टर रमेश खरेल यसो भन्छन् :
क्षयरोग भनेको के हो ? क्षयरोग वा ट्युबरकुलोसिस्लाई सामान्य बोलीचालीको भाषामा टीबी पनि भनिन्छ । सूक्ष्म जीवाणुको सङ्क्रमणबाट लाग्ने सरुवा रोग नै क्षयरोग हो । स्वास्थ्यप्रति सचेतनाको कमी र गरिबीका कारण नेपालमा यस रोगका बिरामी धेरै छन् । शरीरका सबै शक्तिहरु बिस्तारै विस्तारै क्षय वा कमजोर बनाउँदै लैजाने भएकाले पनि यसलाई क्षयरोग भनिएको हो । यसको असर विशेष गरेर फोक्सोमा देखापर्ने भए पनि मष्तिस्क, हाड, आन्द्रालगायतका अङ्गमा यसको सङ्क्रमण बढी हुन्छ ।
क्षयरोगका लक्षणहरु ः १. लगातार खोकी लाग्ने । २. रोग लागेका लामो समयपछि खोकीमा रगत देखापर्ने । ३. तौल घट्ने । ४.फोक्सो दुख्ने वा असजिलो महसुस हुने ।
बच्ने उपाय ः १. यो रोग विशेष गरेर धूमपान तथा मद्यपान गर्नाले लाग्दछ । त्यस कारण यस्ता वस्तुको सेवन नगर्ने । २. बढी धुवाँ वा धुलो भएको स्थानमा नबस्ने । ३. खोक्दा वा हाछ्युँ गर्दा रुमालले मुख, नाक छोप्ने । ४. बालबालिकामा निश्चित समयमा बीसीजी खोप लगाउने । ४. क्षयरोग लागेका व्यक्तिभन्दा टाडै बस्ने । रोगीको जुठो नखाने ।
कस्ता व्यक्तिलाई बढी सङ्क्रमण हुन्छ ? १. यो रोग यही उमेर वा लिङ्गका व्यक्तिलाई लाग्छ भन्ने छैन । जुनसुकै उमेर समूहका व्यक्तिमा यो देखापर्न सक्छ । २. रोगीको सम्पर्कमा धेरै पटक आउने व्यक्ति । ३. धेरै भीडभाडमा बस्ने व्यक्ति । ४. बढी मध्यपान वा धूमपान गर्ने व्यक्ति । ५. दीर्घ रोग लागेका व्यक्ति, रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्ति ।
यो रोग लागिहाले के गर्ने ? यो रोगको बेलैमा उपचार गरे निको हुन्छ । तर हेलचाक्र्याइँका कारण नेपालमा बर्सेनि यो रोगबाट धेरैको मृत्यु हुने गरेको छ । यो रोग लागेको शङ्का लागेमा तुरुन्त चिकित्सकको सल्लाहा बमोजिम नियमित औषधी सेवन गर्नुपर्छ । क्षयरोग लाग्ने कारण र यसबाट बच्ने उपायबारे जनचेतना जगाउने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकामा शेयर सूचीकरणबाट एसके हाइनिक्सले उठायो साढे २६ अर्ब डलर
-
८ हजार मिटर अग्ला हिमाल चढ्ने ६ जनालाई गण्डकी सरकारको सम्मान
-
निरन्तर बढ्दैछ बर्ड फ्लुको प्रकोप : डेढ खर्बको पोल्ट्री क्षेत्र जोखिममा
-
बागमतीमा सत्ता परिवर्तनको कसरत, के छ दलहरूको तयारी ?
-
गणेश नेपालीको मृत्युपछि गृह मन्त्रालयमा छलफल, सुधन गुरुङ अस्पताल जाँदै
-
इरानी पूर्व सर्वोच्च नेता खामेनीको मशहदमा अन्त्येष्टि सम्पन्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण