शुक्रबार, २६ असार २०८३
ताजा लोकप्रिय

अनुहार चम्काउने घरेलु उपाय

शनिबार, ०२ पुस २०७३, १५ : १४
शनिबार, ०२ पुस २०७३

एजेन्सी- सुन्दर, चम्किलो र आकर्षक अनुहार होस् भन्ने सबैको चाहाना हुन्छ । यसका लागि मानिसले धेरै प्रयास पनि गरेका हुन्छन् । तर सजिलो, सुलभ र छोटो समयमै घरायसी सामग्रीको प्रयोगबाट अनुहारमा सुन्दरता ल्याउन सकिन्छ । यी सामग्रीको यसरी प्रयोग गर्नुस् :

–मुसुरीको दालको धुलो बनाउने, यही धुलोले दिनको एक पटक मुख धुने । जसले गर्दा अनुहार चम्किलो हुन्छ । –अनुहारमा चिल्लोपना, दाग, ससाना फोकाहरु छन् भने मुख धुनुअघि दैनिक कागतीको रस लगाउनाले छाला चम्किलो, गोरो हुनका साथै दागहरु हट्छन् । – अनुहारमा धेरै कालो दाग वा चिल्लोपना आएको छ भने टमटरको लेदो बनाई लगाउनुस् । २० मिनेट राखेपछि सफा गर्दा अनुहारमा चमक बढ्नुका साथै कालो दाग हट्छ । –अनुहारमा फोका वा चाउरी पना देखा परे मेवाको लेपन लगाई, १५–२० मिनेट राख्नुस् अनि सफा गर्दा अनुहार मुलायम हुन्छ र चमक पनि आउँछ । –अनुहारमा बढी नै चिल्लो आउँछ भने काँक्राको रस बनाएर लगाई १० मिनेट राख्नुस् र चिसो पानीले धुनुस् अनुहार धेरै राम्रो हुन्छ । – आँखा वरिपरि कालो दाग छ भने आलुलाई मसिनो पारेर कोर्नुस् आँखाको माथिल्लो भागबाट वरिपरि लगाई १५ मिनेट जति राख्नुस् र सफा गर्दा वरिपरिको दाग हट्छ । यो प्रक्रिया ३०, ३५ दिन नियमित गर्नुपर्छ । –मह र केरा मिसाएर १०, १५ मिनेट राख्नुस् अनि सफा गर्दा अनुहारमा ताजकिपन आउँछ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप